युद्ध प्रभाव !

इरान युद्धको १४औँ दिनः तेहरानमा भीषण बमबारी, नेपालमा आधा सिलिन्डर ग्यास वितरण सुरु

Author

सस्मिता सुनार

२०८२ फागुन २९, शुक्रबार

30
Share
Featured

काठमाडौँइरानइजरायल–अमेरिकाबीचको युद्ध १४औँ दिनमा प्रवेश गर्दा मध्य–पूर्वको सुरक्षा अवस्था अत्यन्तै भयावह बनेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार, इजरायलले इरानको राजधानी तेहरानमा नयाँ चरणको ’भीषण हवाई आक्रमण’ सुरु गरेको छ, जसका कारण शुक्रबार बिहानैदेखि तेहरान सहर बाक्लो धुवाँले ढाकिएको छ।


नयाँ सर्वोच्च नेताको चेतावनी

इरानका नयाँ सर्वोच्च नेता मोज्तवा खामेनीले आफ्नो पहिलो औपचारिक वक्तव्य जारी गर्दै मध्य–पूर्वमा रहेका अमेरिकी सैन्य आधारहरू बन्द नगरेसम्म इजरायल र अमेरिकी सम्पत्तिमाथि आक्रमण जारी रहने चेतावनी दिएका छन्। यसले युद्ध अझै लम्बिने संकेत गरेको छ।

तेलको मूल्य १०० डलर नाघ्यो

इरानले विश्वको प्रमुख तेल व्यापारिक मार्ग ’हर्मोज जलसन्धि’ पूर्ण रूपमा बन्द गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलर नाघेको छ। इरानले अमेरिका र इजरायलसँग सम्बन्धित जहाजहरूलाई सो क्षेत्रमा प्रतिबन्ध लगाएको छ।

खाडी मुलुकहरूमा युद्धको प्रभाव


इरानी ड्रोन आक्रमणले दुबई अन्तर्राष्ट्रिय विमानस्थल र केही होटलहरूमा क्षति पुगेको छ। यूएई सरकारले यसलाई गम्भीर सुरक्षा उल्लंघन भन्दै भर्त्सना गरेको छ। यता साउदीले दर्जनौँ इरानी ड्रोनहरू खसालेको दाबी गरेको छ भने कतारको हवाई क्षेत्र पनि बन्द गरिएको छ। कतार एयरवेजले फसेका विदेशी नागरिकको उद्धारका लागि १४० भन्दा बढी विशेष उडानहरू सञ्चालन गरिरहेको छ।

नेपालमा देखिन थाल्यो असर: आधा सिलिन्डर ग्यास मात्रै पाइने


इरान–इजरायल युद्धको प्रत्यक्ष असर नेपालको भान्छासम्म आइपुगेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको अभाव र आपूर्तिमा समस्या देखिएपछि नेपाल आयल निगमले आजैदेखि आधा सिलिन्डर (७.१ केजी) मात्रै ग्यास वितरण गर्न थालेको छ।


उपभोक्तालाई ग्यास सहज बनाउन निगमले अर्को सूचना नआउन्जेलका लागि ७.१ केजीको सिलिन्डर मात्र बजारमा पठाएको हो। उद्योगको परिधिभित्र रही प्रति सिलिन्डर खुद्रा मूल्य ९५५ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ। काठमाडौँ उपत्यकामा हाल २३ वटा ग्यास उद्योगले आपूर्ति गरिरहेका छन्। भारतमा समेत ग्यासको अभाव देखिन थालेपछि त्यसको प्रत्यक्ष चपेटामा नेपाल परेको हो।

आयल निगमले आम नागरिकलाई आग्रह 


नेपालको आयात बिलमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो छ। कच्चा तेलको मूल्य १२० डलर नाघेमा नेपालको व्यापार घाटा धान्नै नसकिने अवस्थामा पुग्ने विज्ञहरूको दाबी छ। यस्तो संकटपूर्ण घडीमा अनावश्यक रूपमा ग्यास र इन्धन भण्डारण नगर्न र खपतमा मितव्ययिता अपनाउन आयल निगमले आम नागरिकलाई आग्रह गरेको छ। (अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगमा)"/तश्विर  अलजजिराबाट

यो समाचारमा

काठमाडौँइरानइजरायल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...