जनमतको सम्मान र दुई सदनबीचको समन्वय

Author

सजिलो पत्रिका

२०८२ फागुन २८, बिहिबार

27
Share
Featured

जनताको चेतना अब ब्युँझिसकेको छ। यदि सदनमा पुगेपछि पनि दलहरूले देश र जनताभन्दा माथि उठेर काम गरेनन् र काममा ढिलासुस्ती वा हस्तक्षेप जारी राखे भने अर्को विद्रोहको बिउ रोपिन सक्छ। तसर्थ, कुन पार्टी ठूलो वा सानो भन्नुभन्दा पनि दुवै सदनले एक-अर्काको अस्तित्व र जनमतलाई सम्मान गर्दै 'हातेमालो' गर्नु आजको आवश्यकता हो। देशले विकास र जनताले निकास खोजेको यो घडीमा दुवै सदनको भूमिका जिम्मेवार र समन्वयकारी हुनुपर्छ।

समाचार सारांशGenerated using AI.

अहिले मुलुक एक ऐतिहासिक मोडमा उभिएको छ। भदौ २३ र २४ गतेको युवा (जेनजी) आन्दोलनको राप र तापबाट जन्मिएको अन्तरिम सरकारको कार्यकाल सकिँदै गर्दा फागुन २१ को निर्वाचनले नेपाली राजनीतिमा एउटा नयाँ र शक्तिशाली परकम्प ल्याइदिएको छ। धेरै आशंका र सुरक्षा चुनौतीका बाबजुद सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको भारी मतले परम्परागत राजनीतिक शक्तिहरूप्रति जनताको तीव्र आक्रोश र परिवर्तनको भोकलाई स्पष्ट पारेको छ।

गत भदौको विद्रोहमा ज्यान गुमाउने सहिदहरूको बलिदान र सडकमा पोखिएको आक्रोश अहिले मतपेटिकामार्फत 'मौन विद्रोह' को रूपमा प्रकट भएको छ। दशकौँदेखि विकासको गति ठप्प हुँदा र राजनीतिक नेतृत्वमा स्वार्थ हावी हुँदा नागरिकमा जुन बेचैनी पैदा भएको थियो, त्यसैको निकास यसपटकको निर्वाचन परिणाम हो। जनताले यसपटक केवल व्यक्ति होइन, एउटा नयाँ पद्धति र निकासको आशामा मतदान गरेका छन्।

तर, नेपालको संवैधानिक व्यवस्थामाप्रतिनिधि सभाको एकल उत्साहले मात्र कानुन निर्माण र कार्यान्वयनको बाटो सहज छैन। यहाँ 'माथिल्लो सदन' अर्थात् राष्ट्रिय सभाको भूमिका उत्तिकै महत्त्वपूर्ण छ। एउटा स्थायी सदनको रूपमा रहेको राष्ट्रिय सभाले प्रतिनिधिसभाका कामको पुनरावलोकन र सन्तुलन कायम गर्ने गर्दछ। स्मरणीय छ कि, राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखहरू मतदाता हुन्छन्, जहाँ अझै पनि पुराना दलहरूकै वर्चस्व छ।

यस्तो अवस्थामा, नयाँ जनमतसहित आएको प्रतिनिधिसभा र पुराना दलहरूको बाहुल्यता रहेको राष्ट्रिय सभाबीच कार्यगत टकराव हुने सम्भावनालाई नकार्न सकिँदैन। यदि दलीय स्वार्थका कारण राष्ट्रिय सभाले प्रतिनिधिसभाका जनमुखी विधेयकहरूमा अवरोध सिर्जना गर्यो भने, त्यसले जनताको आशालाई फेरि निराशामा बदल्नेछ।

जनताको चेतना अब ब्युँझिसकेको छ। यदि सदनमा पुगेपछि पनि दलहरूले देश र जनताभन्दा माथि उठेर काम गरेनन् र काममा ढिलासुस्ती वा हस्तक्षेप जारी राखे भने अर्को विद्रोहको बिउ रोपिन सक्छ। तसर्थ, कुन पार्टी ठूलो वा सानो भन्नुभन्दा पनि दुवै सदनले एक-अर्काको अस्तित्व र जनमतलाई सम्मान गर्दै 'हातेमालो' गर्नु आजको आवश्यकता हो। देशले विकास र जनताले निकास खोजेको यो घडीमा दुवै सदनको भूमिका जिम्मेवार र समन्वयकारी हुनुपर्छ।

यो समाचारमा

प्रतिनिधि सभाराष्ट्रिय सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गरिमामय संसद की ‘सांसद साँझ’ ?

    लोकतन्त्रमा जनता नै सर्वोपरी हुन् । जनताद्वारा निर्वाचित जनप्रतिनिति सम्मिलित संसद सार्वभौम हुन्छ । जनताका प्रतिनिधिहरु सबैलाई सदनमा आफ्ना भनाई वा अभिव्यक्ति राख्न रोक तोक हुन्न । निर्धक्क राख्न पाउँछन्, सबै प्रतिनिधिले आफ्ना कुरा । त्यसैले भनिएको हो संसदलाई गरिमामय र सार्वभौम । सार्वभौमको अर्थ तथानाम वा जथाभावी चाँहि होइन

    Data is loading...

    Loading brands...

    Loading footer...