८ हजारभन्दा बढी मतान्तरले सुनसरी–१ मा हर्क साम्पाङ विजयी

Author

सजिलो पत्रिका

२०८२ फागुन २४, आइतबार

16
Share
Featured
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ३५,७४१ मतसहित सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।
  • उनले रास्वपाकी गोमा तामाङलाई ८,४९२ मतान्तरले पराजित गरे; तामाङले २७,२४९ मत प्राप्त गरिन्।
  • यो जितसँगै श्रम संस्कृति पार्टीको प्रतिनिधिसभामा दोस्रो सिट सुनिश्चित भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राई निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गरी विजयी भएका हुन्।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरे। तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छिन्।

यो जितसँगै श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा दुई सिट सुरक्षित गरेको छ। यसअघि सोही पार्टीका आरेन राई खोटाङ–१ बाट निर्वाचित भइसकेका छन्। धरानको मेयरका रूपमा चर्चामा रहेका साम्पाङले संघीय संसदमा आफ्नो यात्रा तय गरेसँगै उनको दलको उपस्थिति थप बलियो देखिएको छ।

यो समाचारमा

प्रतिनिधि सभासुनसरीकाठमाडौँहर्कराज साम्पाङ राई
श्रम संस्कृति पार्टी6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...