
काठमाडौँश्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । नवनिर्वाचित सांसदको सपथ समारोहमा सहभागी हुन आज सिंहदरबारस्थित संसद् भवन पुग्नुभएका उहाँले सञ्चारकर्मीसँग सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताउनुभयो ।“प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेशी बनाउन प्रश्न गर्छौँ, सहयोग गर्छौँ, सरकारले गर्नुपर्ने काममा...