रास्वपा र कांग्रेसले खोले जितको खाता, ५२ स्थानमा 'घण्टी' को अग्रता

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

17
Share
Featured
  • काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना र मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्।
  • देशभरको मतगणनामा रास्वपाले ५२ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।
  • नेपाली कांग्रेस ६ क्षेत्रमा अगाडि छ; अन्य स्थानमा मतगणना जारी छ र रास्वपाले पुराना दलहरूलाई पछि पारेको देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम आउने क्रम सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली काँग्रेसले एक-एक सिटमा जित हासिल गर्दै खाता खोलेका छन्।

काठमाडौँ क्षेत्र नम्बर १ बाट रास्वपाकी उम्मेदवार रञ्जु न्‍यौपाने दर्शना विजयी भएकी छन् भने मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन्।

हालसम्मको मतगणना अपडेटअनुसार रास्वपाले देशव्यापी रूपमा ५२ निर्वाचन क्षेत्रमा अग्रता कायम गर्दै आफ्नो वर्चस्व देखाएको छ। यस्तै, नेपाली कांग्रेस ६ स्थानमा अगाडि रहेको छ। अन्य क्षेत्रहरूमा पनि मतगणना जारी छ र रास्वपाले पुराना दलहरूलाई निकै पछाडि पारेको देखिएको छ। निर्वाचन आयोगले मतगणनालाई तीव्रता दिइरहेको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिनिधि सभानेपाली काँग्रेसकाठमाडौँ
रञ्जु न्‍यौपाने दर्शना6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...