राष्ट्रपति र उपराष्ट्रपतिले किन मतदान गर्दैनन् ? यस्तो छ संवैधानिक परम्परा

Author

प्रियंका दुतराज

२०८२ फागुन २१, बिहिबार

22
Share
Featured
  • नेपालको संवैधानिक अभ्यासअनुसार राष्ट्रपति र उपराष्ट्रपति आम निर्वाचनमा मतदान नगर्ने परम्परा रहेको छ।
  • दलीय राजनीतिभन्दा माथि रहेर पदको निष्पक्षता र गरिमा कायम राख्न उनीहरू मतदान प्रक्रियाबाट टाढा रहने गर्छन्।
  • कानुनले रोक नलगाए पनि यही परम्परा अनुसार यसपटक पनि रामचन्द्र पौडेलले निर्वाचनमा मतदान नगर्ने बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालको संवैधानिक संरचनाअनुसार राष्ट्रपति र उपराष्ट्रपति आम निर्वाचन (प्रतिनिधिसभा वा प्रदेश सभा) मा मतदान प्रक्रियामा सहभागी नहुने परम्परा रहेको छ। दलीय राजनीतिभन्दा माथि रहने र पदको गरिमा एवं निष्पक्षता कायम राख्न उनीहरू सक्रिय राजनीतिक प्रक्रियाबाट टाढा रहँदै आएका हुन्।

यसअघिका राष्ट्रपतिहरू डॉ. राम वरण यादवविद्या देवी भण्डारीले पनि आफ्नो कार्यकालमा कुनै पनि निर्वाचनमा मतदान गरेका थिएनन्। सोही परम्परालाई पछ्याउँदै वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल पनि यस पटकको निर्वाचनमा सहभागी नहुने शीतल निवास स्रोतले जनाएको छ।

यद्यपि, कुनै पनि कानुनले राष्ट्रपति र उपराष्ट्रपतिलाई मतदान गर्न रोक लगाएको छैन। तर, सबैको साझा पदमा रहेको व्यक्तिले कुनै दल वा व्यक्ति विशेषलाई मत दिँदा निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भएकाले उनीहरू मतदानबाट अलग रहने गरेका हुन्। राष्ट्रप्रमुख र उप-राष्ट्रप्रमुखको चयन भने प्रत्यक्ष जनमतबाट नभई संघीय संसद र प्रदेश सभा सदस्यहरू सम्मिलित निर्वाचक मण्डलमार्फत हुने संवैधानिक व्यवस्था छ।

यो समाचारमा

काठमाडौँरामचन्द्र पौडेलविद्या देवी भण्डारीडॉ. राम वरण यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...