निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको सम्बोधन-'अरू काम छाडेरै भए पनि मतदान गर्न जानुस्'

Author

सजिलो पत्रिका

२०८२ फागुन १८, सोमबार

22
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्की ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिताका लागि नागरिकलाई आह्वान गर्दै मतदानलाई आफ्नो र भावी पुस्ताको भविष्य निर्धारण गर्ने निर्णयका रूपमा व्याख्या गरेकी छन्।
  • उनले ‘जेनजी आन्दोलन’ पछिको संक्रमणकालीन अवस्थाबाट देशलाई संवैधानिक मार्गमा फर्काउन सफल भएको उल्लेख गर्दै प्रचारप्रसारमा संयम र मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरिन्।
  • सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री फैलाउनेहरूलाई कडा निगरानीमा राखिएको र कानुनी कारबाही गरिने चेतावनी दिँदै यो निर्वाचन विधिको शासन र राजनीतिक स्थिरताका लागि कोशेढुङ्गा हुने विश्वास व्यक्त गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्ण नागरिकहरूलाई आह्वान गरेकी छन्। सोमबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै उनले मतदानलाई आफ्नो र भावी पुस्ताको भविष्य तय गर्ने महत्त्वपूर्ण निर्णयका रूपमा चित्रण गरिन्।

"भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाउनु मात्र होइन, यो तपाईंले आफ्नो र सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो," प्रधानमन्त्रीले भनिन्, "त्यसैले फागुन २१ गते अरू काम छाडेरै भए पनि मतदान केन्द्रमा पुग्न म हार्दिक अपिल गर्दछु।"

सम्बोधनका क्रममा उनले 'जेनजी आन्दोलन' पछिको जटिल संक्रमणकालीन अवस्थालाई चिर्दै मुलुकलाई शान्तिपूर्ण र संवैधानिक मार्गमा फर्काउन सफल भएकोमा सन्तोष व्यक्त गरिन्। उनले निर्वाचन प्रचारप्रसारमा संयम अपनाउन र मौन अवधिको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गरिन्।

साथै, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत तथ्यहीन र भ्रामक सामग्री फैलाएर निर्वाचनको वातावरण बिगार्न खोज्नेहरूलाई सरकारले कडा निगरानीमा राखेको र त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याइने चेतावनी समेत दिइन्। उनले विधिको शासन र राजनीतिक स्थिरताका लागि यो निर्वाचन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिन्।

यो समाचारमा

काठमाडौँसुशीला कार्कीप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...