निर्वाचन सुरक्षाका कारण होलीमा सार्वजनिक कार्यक्रम गर्न रोक

Author

सजिलो पत्रिका

२०८२ फागुन १५, शुक्रबार

18
Share
Featured
  • निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीमा सार्वजनिक स्थानमा साङ्गीतिक कार्यक्रम, मेला र महोत्सव गर्न रोक लगाएको छ।
  • खुला सडकमा भीडभाड, कन्सर्ट आयोजना तथा मादक पदार्थ बिक्री–वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
  • निर्वाचन आचारसंहिता उल्लङ्घन नहोस् भनी उम्मेदवारको तस्बिर भएको टिसर्ट लगाउनसमेत रोक लगाइएको छ, र उल्लङ्घनकर्तालाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको होली पर्वमा सार्वजनिक स्थानमा साङ्गीतिक कार्यक्रम, मेला र महोत्सव आयोजना गर्न रोक लगाएको छ। आगामी निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलता र आचारसंहिता पालनाका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनाअनुसार खुला सडक तथा सार्वजनिक स्थानमा भीडभाड गर्ने, मञ्च बनाएर कन्सर्ट गर्ने र मादक पदार्थ बिक्री-वितरण तथा सेवन गर्ने कार्यमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

यसका साथै, निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै होली खेल्दा कुनै पनि उम्मेदवारको तस्बिर अङ्कित टिसर्ट लगाउन समेत रोक लगाइएको छ। प्रशासनले निर्वाचन बिथोल्ने वा आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराउँदै आफ्नै घर र छरछिमेकमा सीमित रहेर शान्तिपूर्ण रूपमा होली मनाउन आग्रह गरेको छ। नियम उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...