बुद्ध एयरको जहाजमा प्राविधिक समस्या: विराटनगरमा आपत्‌कालीन अवतरण

Author

सजिलो पत्रिका

२०८२ फागुन ०७, बिहिबार

17
Share
Featured
  • बुद्ध एयर को विराटनगर–काठमाडौँ उडानमा प्राविधिक समस्या देखिएपछि जहाजले विराटनगर विमानस्थल मा आपत्कालीन अवतरण गरेको छ।
  • ३० यात्रुमध्ये ४ जनाले यात्रा रद्द गरे भने बाँकीलाई अर्को जहाजमार्फत काठमाडौँ पठाइएको छ; कुनै मानवीय क्षति भएको छैन।
  • जहाजको प्राविधिक अवस्थाबारे थप अध्ययन गर्न काठमाडौँबाट अनुसन्धान टोली विराटनगर पठाइने तयारी गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

विराटनगरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बुधबार बेलुका विराटनगर विमानस्थलमै आपत्‌कालीन अवतरण (इमर्जेन्सी ल्यान्डिङ) गरिएको छ। ३० जना यात्रु बोकेको उडान नम्बर '७१४' को जहाज उडेको २३ मिनेटपछि क्याप्टेनले समस्या महसुस गरेपछि पुनः विराटनगर फर्काइएको हो।

जहाजमा प्राविधिक गडबडी देखिएपछि क्याप्टेनले 'इमर्जेन्सी डिक्लेयर' गरी एकल इन्जिनकै सहायतामा सुरक्षित रूपमा अवतरण गराएका थिए।

अवतरणपछि ३० यात्रुमध्ये ४ जनाले यात्रा रद्द गरे भने बाँकी २६ जनालाई बुद्ध एयरकै अर्को जहाजमार्फत साँझ नै काठमाडौँ पठाइएको छ। हाल उक्त जहाजको प्राविधिक पक्षबारे विस्तृत अध्ययन गर्न काठमाडौँबाट अनुसन्धान टोली विराटनगर आउने तयारीमा छ। अवतरणका क्रममा सुरक्षाका सबै मापदण्ड अपनाइएकाले कुनै मानवीय क्षति नभएको विमानस्थल स्रोतले जनाएको छ।

यो समाचारमा

बुद्ध एयरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन- मन्त्री यादव

    काठमाडौं ।  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वर्तमान विश्वव्यापीकरणको युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेको बताएका छन्। मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा मन्त्री यादवले सरकारको प्राथमिकता वैदेशिक रोजगारी रोक्ने नभई यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने रहेको स्पष्ट पारे।नेपाली श्रमिकहरू शोषणमा नपरून् र उचित पारिश्रमिक पाऊन्

    Data is loading...

    Loading brands...

    Loading footer...