फरार मेयर पक्राउपछि पीडित बालिकामा पलायो न्यायको आशा

Author

सजिलो पत्रिका

२०८२ फागुन ०६, बुधबार

27
Share
Featured

काठमाडौँ

जबरजस्ती करणीको गम्भीर आरोप लागेका सिन्धुलीको दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवार पक्राउ परेपछि लामो समयदेखि अन्यायको बोझ बोकेर बसिरहेकी १७ वर्षीया पीडित बालिकामा न्याय पाउने आशा पलाएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका का नगरप्रमुख अधिकारीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उपस्थित भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। गत वैशाख महिनामा ती किशोरीले अधिकारी विरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी परेपछि नगरप्रमुख अधिकारी फरार थिए । मंगलबार उनी स्वयं प्रहरी कार्यालयमा हाजिर हुन पुगेका हुन् ।

जाहेरीअनुसार ती बालिका १७ वर्षको उमेरमै जबरजस्ती करणीको सिकार भएकी थिइन्। उनी गर्भवती भई २०८१ फागुनमा शिशु जन्माएकी छिन्। शिशु जन्मिएपछि मात्र घटना सार्वजनिक भएको परिवारजनले बताएका छन् ।

पीडित बालिकाले दुधौली नगरपालिकाकै एक होटलमा काम गर्ने क्रममा नगरप्रमुखबाट आफू माथि बलात्कार भएको उजुरीमा उल्लेख छ । आर्थिक र सामाजिक दबाबका कारण सुरुमा चुप बस्न बाध्य भएको परिवारको दाबी छ ।

नगरप्रमुख पक्राउ परेपछि पीडित पक्षमा कानुनी प्रक्रियाले गति लिने विश्वास देखिएको छ । बालिकाका अभिभावकले ‘ढिलो भए पनि कानुनले काम थालेको र अब न्याय मिल्छ कि भन्ने आशा जागेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार आरोपीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

नाबालिकामाथि जबरजस्ती करणीको आरोप प्रमाणित भएमा कडा सजायको व्यवस्था छ। मुलुकी अपराध संहिता, २०७४ ले १८ वर्षमुनिका बालिकामाथि करणीलाई गम्भीर अपराध मानेको छ ।

यो समाचारमा

दुधौली नगरपालिकासिन्धुलीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...