गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव : व्यापारीद्वारा बजार बन्द र प्रदर्शन

Author

सजिलो पत्रिका

२०८२ फागुन ०१, शुक्रबार

20
Share
Featured

काठमाडौँ

गौरस्थित करदाता सेवा कार्यालय खारेज गरी त्यहाँका महत्वपूर्ण कागजात र फर्निचरका सामानहरू आन्तरिक राजस्व कार्यालय सिमरा (बारा) लैजान खोजिएपछि शुक्रबार गौरमा तनाव उत्पन्न भएको छ । ट्रकमा सामान लोड गरी लैजान खोज्दा स्थानीय उद्योगी, व्यापारी र राजनीतिक दलका प्रतिनिधिहरूले कडा अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।

शुक्रबार दिउँसो सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिमा कार्यालयका सामानहरू ट्रकमा लोड गरी सिमरा लैजान खोजिएको थियो ।
तर, जानकारी पाएलगत्तै पुगेका उद्योग वाणिज्य संघका पदाधिकारी र स्थानीयले सामान लैजान रोकेका थिए । अवरोधपछि सामानहरू पुनः कार्यालयमै फर्काइएको छ ।

कार्यालय हटाउन लागेको विरोधमा आक्रोशित व्यापारीहरूले गौर बजार पूर्ण रूपमा बन्द गराएका छन् । प्रदर्शनकारीहरूले घण्टाघर चोकमा टायर बालेर सडक अवरुद्ध गर्दै सरकारी कदमको विरोध गरिरहेका छन् ।

रौतहट उद्योग वाणिज्य संघका महासचिव सन्तोष केसरीले देश निर्वाचनमा होमिएको र सबैको ध्यान त्यता मोडिएको मौका छोपेर सुटुक्क सामान लैजान खोजिएको आरोप लगाए । विगतमा प्रमुख जिल्ला अधिकारीसँग भएको सहमति विपरीत कार्यालय सार्न लागिएको भन्दै आपत्ति जनाए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं उम्मेदवार अजयकुमार गुप्ता र रास्वपा उम्मेदवार राजेश चौधरीले गौरको कार्यालय अन्यत्र लैजान नहुने र यस्तो गरिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । स्थानीयले गौर करदाता सेवा कार्यालयलाई यथावत राख्न माग गर्दै आफ्नो आन्दोलन जारी राख्ने बताएका छन्।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन- मन्त्री यादव

    काठमाडौं ।  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वर्तमान विश्वव्यापीकरणको युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेको बताएका छन्। मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा मन्त्री यादवले सरकारको प्राथमिकता वैदेशिक रोजगारी रोक्ने नभई यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने रहेको स्पष्ट पारे।नेपाली श्रमिकहरू शोषणमा नपरून् र उचित पारिश्रमिक पाऊन्

    Data is loading...

    Loading brands...

    Loading footer...