एनआईसी एसिया बैंकले लाभांश नबाँड्ने

Author

सजिलो पत्रिका

२०८२ फागुन ०१, शुक्रबार

20
Share
Featured
  • एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।
  • बैंक सञ्चालक समितिले वित्तीय विवरणहरू पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ।
  • राष्ट्र बैंकबाट स्वीकृति पाएपछि साधारण सभा बोलाइनेछ, तर यस वर्ष सेयरधनीले लाभांश नपाउने भएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

एनआइसि एसिया बैंकले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। माघ २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त आवको वित्तीय विवरणहरू पारित गर्दै यस वर्ष लाभांश नबाँड्ने निर्णय गरेको हो।

बैठकले गत असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय समेत गरेको छ। राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि बैंकले साधारण सभा आह्वान गर्नेछ। लाभांश वितरण नगर्ने निर्णयसँगै यस वर्ष बैंकका सेयरधनीहरूको हात खाली हुने भएको छ।

यो समाचारमा

नेपाल राष्ट्र बैंककाठमाडौँएनआइसि एसिया बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...