प्रतिनिधिसभा निर्वाचनका लागि ७२ लाखभन्दा बढी मतपत्र छपाइ

Author

सजिलो पत्रिका

२०८२ माघ २२, बिहिबार

24
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मतपत्र छपाइ तीव्र रूपमा अगाडि बढेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा भइरहेको छ ।

आयोगका अनुसार मिति २०८२ पुष २२ गतेदेखि सुरु गरिएको नमुना मतपत्र छपाइ अन्तर्गत १० लाख ९८ हजार २०० थान नमुना मतपत्र छपाइ सम्पन्न भई विभिन्न जिल्लामा पठाइसकिएको छ । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका मतपत्र छपाइ मिति २०८२ पुष २६ गतेबाट सुरु भई माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको छ । छपाइ गरिएका मतपत्रहरू प्याकिङ्ग तथा रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत आवश्यक पर्ने कुल २ करोड ३ लाख २३ हजार मतपत्रमध्ये माघ १६ गतेदेखि छपाइ सुरु गरिएकोमा माघ २२ गते बिहान ८ बजेसम्म विभिन्न निर्वाचन क्षेत्रका ७२ लाख ६० हजार मतपत्र छपाइ भइसकेको छ । ती मतपत्रहरू ५ हजार ८ सय २५ बाकसमा प्याकिङ्ग गरिएको छ ।

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला,कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, पश्चिमी रूकुम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गासुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ्ग कार्य सम्पन्न भइसकेको छ । माघ २२ गते आज बिहान ८ बजेसम्म ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जानकारी दिएको छ ।

यो समाचारमा

दार्चुलाडोटीमुगुबझाङ
हुम्ला25 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...