उदयपुर सिमेन्ट उद्योगको गेटमा उभिएर बालेनले भने-'उद्योग नै देशको मेरुदण्ड'

Author

सजिलो पत्रिका

२०८२ माघ २२, बिहिबार

26
Share
Featured
  • झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले उदयपुर सिमेन्ट उद्योगलाई देशको मेरुदण्ड भएको बताएका छन्।
  • उद्योगको संरक्षण र प्रवर्द्धनले रोजगारी सिर्जना, राष्ट्रिय आय वृद्धि र आर्थिक समृद्धिमा योगदान गर्ने उनको धारणा छ।
  • बालेन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच झापा–५ मा चुनावी प्रतिस्पर्धा हुँदैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उदयपुर सिमेन्ट उद्योगको गेटमा उभिएर तस्वीर खिच्दै झापा–५ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन)ले उदयपुर सिमेन्टलाई देशकै मेरुदण्ड भनेका छन् । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट देश विकासको मेरुदण्ड भएको उनले बताएका हुन् । उनले सिमेन्ट उद्योगको गेट देखिने गरी आफ्नो तस्बिर राखेर सामाजिक सञ्जालमा आफ्नो दृष्टिकोण व्यक्त गरेका छन् । 

यो सिमेन्ट उद्योगलाई राज्यले संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने बालेनको धारणा छ । उनले लेखेका छन्, ‘उद्योगहरू देशको मेरुदण्ड हुन । उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ ।

उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रबद्र्धन गर्न पर्छ ।’ बालेन झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा उम्मेदवार छन् । उनको चुनावी प्रतिस्पर्धा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग हुँदैछ ।

यो समाचारमा

उदयपुरखड्गप्रसाद शर्मा ओलीबालेन्द्र शाह (बालेन)प्रतिनिधि सभा
झापा6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...