निर्वाचन आचारसंहिता उल्लङ्घन नियन्त्रणमा आयोग कडाइ

Author

सजिलो पत्रिका

२०८२ माघ १७, शनिबार

19
Share
Featured
  • आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन नियन्त्रणमा कडाइ गर्दै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई निरन्तर सचेत गराइरहेको छ।
  • आयोगले हालसम्म २१ जनासँग स्पष्टीकरण सोधेको छ भने ३०२ वटा मिथ्या, भ्रमपूर्ण र हानिकारक सूचनालाई कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको छ।
  • आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा समूहको निगरानी तीव्र पार्दै आयोगले सबै दल, उम्मेदवार, सञ्चारमाध्यम र नागरिकलाई आचारसंहिता पूर्ण पालना गर्न आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन नियन्त्रणमा कडाइ गरेको छ।

आचारसंहिताको पूर्ण पालना गराउन आयोगले राजनीतिक दल, उम्मेदवार, संस्था तथा सरोकारवाला सबै पक्षलाई निरन्तर ध्यानाकर्षण गराउँदै आएको जनाएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म २१ वटा स्पष्टीकरण सोधिएको र ३०२ हानिकारक सूचना कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ ।

राजनीतिक दल, उम्मेदवार र संस्थासहित २१ जनासँग स्पष्टीकरण सोधिएकोमा तीमध्ये पाँच वटा स्पष्टीकरणको मात्र जवाफ प्राप्त भएको छ भने बाँकी स्पष्टीकरणका लागि ताकेता भइरहेको छ । समयमै जवाफ नआएमा कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने आयोगको भनाइ छ।

आयोगका अनुसार आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्ति तथा समूहको निगरानीलाई पनि आयोगले तीव्र बनाएको छ। गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन पहल भइरहेको आयोगले जनाएको छ ।

आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको सूचना सदाचार प्रवद्र्धन इकाई पूर्ण रूपमा क्रियाशील रहेको छ ।

उक्त इकाईले हालसम्म पहिचान गरेका कूल ३०२ वटा हानिकारक सूचनालाई निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र आम नागरिकलाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गरी लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...