प्रहरीको राशन रकम वृद्धि हुनु महत्वपूर्ण उपलब्धि-आईजीपी कार्की

Author

सजिलो पत्रिका

२०८२ माघ १६, शुक्रबार

28
Share
Featured
  • आईजीपी दानबहादुर कार्कीले प्रहरी राशन रकम वृद्धि गर्ने सरकारको निर्णयलाई न्याय, समानता र मनोबल सुदृढीकरणको महत्वपूर्ण कदम भने।
  • लामो समयदेखि उठ्दै आएको जायज माग सम्बोधन भएकोमा सरकार, गृह र अर्थ मन्त्रालयप्रति आभार व्यक्त गरे।
  • प्रहरीको मनोबल उच्च राख्नु शान्ति–सुरक्षा र नागरिक सेवाको गुणस्तरका लागि आवश्यक रहेको उनले बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको राशन रकम वृद्धि गर्ने सरकारको निर्णयलाई न्याय, समानता र प्रहरीको मनोबल सुदृढीकरणका लागि एक महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले सरकारको यो निर्णयले प्रहरी कर्मचारीको सेवाप्रति सम्मान र संस्थागत न्यायको सन्देश दिएको उल्लेख गरे ।

आईजीपी कार्कीले लामो समयदेखि उठ्दै आएको यो जायज माग सम्बोधन भएकोमा सरकार, गृह मन्त्रलयअर्थ मन्त्रालयप्रति आभार व्यक्त गरे ।

उनले प्रहरी संगठनको मनोबल उच्च राख्नु शान्ति–सुरक्षा र नागरिक सेवाको गुणस्तर वृद्धिका लागि आवश्यक रहेको बताउँदै प्रत्येक प्रहरी कर्मचारीको हक–हित सुनिश्चित गर्न संगठन निरन्तर प्रतिबद्ध रहने स्पष्ट पारे ।

यो समाचारमा

अर्थ मन्त्रालयगृह मन्त्रलयकाठमाडौँनेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ - नेता पुन

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल र रुसबीचको सात दशक लामो कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, समानता र मित्रतामा आधारित रहेको बताएका छन् ।नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा नेपालस्थित रुसी दूतावासद्वारा काठमाडौंको ‘रसियन कल्चर सेन्टर’ मा सोमबार आयोजित फोटो प्रदर्शनी उद्घाटन गर्दै पुनले

    Data is loading...

    Loading brands...

    Loading footer...