तारकेश्वरमा सार्वजनिक जग्गा मिचेर भाडा असुली, नगरपालिका ५ महिनादेखि बेखबर

Author

निरन्जन कार्की

२०८२ माघ १५, बिहिबार

124
Share1
Featured
  • तारकेश्वर–७ फुटुङमा सार्वजनिक जग्गा अतिक्रमणको उजुरी दिएको ५ महिना बित्दा पनि नगरपालिकाले कारबाही अघि बढाएको छैन।
  • उजुरीपछि समिति बनाउने प्रतिबद्धता जनाइए पनि कुनै ठोस प्रगति नभएको भन्दै स्थानीय र सरोकार समूह असन्तुष्ट छन्।
  • राजनीतिक संरक्षणका कारण ढिलाइ भएको आशंका गर्दै स्थानीय सरकारको ढिलासुस्तीप्रति आक्रोश बढ्दै गएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौंको तारकेश्वर नगरपालिका-७, फुटुङमा सार्वजनिक जग्गा मिचेर अवैध टहरा बनाई भाडा असुलिरहेको भन्दै स्थानीयले दिएको उजुरीमाथि ५ महिना बितिसक्दा पनि नगरपालिकाले कुनै कारबाही अघि बढाएको छैन ।

स्थानीय बासिन्दा र 'फुटुङ सरोकार मञ्च' नामक संस्थाले गत असोज १२ गते नै प्रमाणसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालसमक्ष उजुरी दर्ता गराएका थिए । तर, पटक-पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले चासो नदेखाएको उजुरीकर्ताको गुनासो छ ।

मञ्चका सचिव अजित सिंह बस्नेतका अनुसार, प्रमुख प्रशासकीय अधिकृतले समिति बनाएर एक हप्तामै काम गर्ने प्रतिबद्धता पटक-पटक जनाए पनि हालसम्म कुनै प्रगति भएको छैन । "स्थानीय तहको कार्यकारी पदमा बसेर यति सानो काम गर्न ५ महिना लगाउनु निकै दुःखद हो," बस्नेतले भने ।


यसैबीच, नगरपालिकाको भूमि शाखाले पहिले प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा रहेको समिति विघटन गरी हाल नगरप्रमुख कृष्णहरी महर्जन संरक्षक र उप-प्रमुख सिर्जना बुर्लाकोटी संयोजक रहने गरी नयाँ 'सरकारी, सार्वजनिक जग्गा सम्पत्ति खोज, पहिचान तथा संरक्षण समिति' पुनर्गठन गरिएको जानकारी दिएको छ ।

मञ्चका सदस्य किरण महर्जनका अनुसार, जनप्रतिनिधिहरूले व्यस्तताका कारण ढिलाइ भएको स्वीकार्दै अबको एक हप्ताभित्र कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

यद्यपि, केही स्थानीयले भने जग्गा भोगचलन गर्ने व्यक्ति राजनीतिक दल निकट भएकाले कारबाहीमा ढिलाइ भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व बोकेको स्थानीय सरकारको यो ढिलासुस्तीप्रति स्थानीयस्तरमा आक्रोश बढेको छ ।


यो समाचारमा

काठमाडौँतारकेश्वर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...