काठमाडौँ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले मौसममा बदली आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज (आइतबार) देशका उच्च पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहेको छ ।
महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा पनि हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
पूर्वी तथा मध्य तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्नेछ ।
आज राति पनि देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।