राष्ट्रिय सभाका रिक्त पदका लागि आज मतदान हुँदै

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

31
Share
Featured
  • राष्ट्रिय सभाका १८ सदस्यको पद रिक्त हुन लागेकाले ती पद पूर्तिका लागि आज माघ ११ गते सातै प्रदेशमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म निर्वाचन हुँदैछ।
  • कोशी प्रदेशको खस आर्य समूहको एक पदमा उम्मेदवार एक मात्र भएकाले नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी १७ पदका लागि मतदान हुँदैछ।
  • प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष मतदाता रहने यस निर्वाचनका लागि सबै प्रदेशमा मतदान केन्द्र तोकिएको र सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सदस्य चयनका लागि आज सातै प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण प्रशासनिक तथा प्राविधिक तयारी पूरा गरिएको छ ।

आगामी २०८२ फागुन २० गतेदेखि राष्ट्रिय सभाका १८ पद रिक्त हुने भएपछि ती पद पूर्तिका लागि निर्वाचन हुन लागेको हो । तीमध्ये कोशी प्रदेशको खस आर्य समूहअन्तर्गतको एक पदमा उम्मेदवार एक मात्र रहेकाले नेपाली काँग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ पदका लागि आज मतदान हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानका लागि सातै प्रदेशमा छुट्टाछुट्टै मतदानस्थल र केन्द्र तोकिएको छ । कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेश प्रदेशमा जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, र बागमती प्रदेशमा हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय परिसर, लुम्बिनी प्रदेशमा दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा बिरेन्द्रनगर सुर्खेतको प्रदेश निर्वाचन कार्यालय परिसर तथा सुदूरपश्चिम प्रदेशमा धनगढी कैलालीको प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुने व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता रहने संवैधानिक व्यवस्था छ । आयोगले मतदान शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा भएको जनाएको छ ।

यो समाचारमा

घोराहीगण्डकी प्रदेशनिर्वाचन आयोगलुम्बिनी प्रदेश
दाङ19 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...