महेश बस्नेतद्वारा 'मधेसी छौरा' प्रकरणमा क्षमायाचना

Author

सजिलो पत्रिका

२०८२ माघ ०८, बिहिबार

21
Share
Featured
  • एमाले सचिव महेश बस्नेतले बालेनको "मधेसी छौरा" भनाइको अर्थ सोध्दा भएको प्रचारप्रति क्षमायाचना गरेका छन्।
  • बस्नेतले आफू मधेस, मैथिली भाषा, संस्कृति र पहिचानको सधैं सम्मान गर्ने व्यक्ति भएको उल्लेख गरे।
  • उनले फैलिएको प्रचारबाट भ्रममा नपर्न र कसैलाई अन्जानमा चोट पुगेमा क्षमा मागेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रयोग गरेको 'मधेसी छौरा' शब्दको अर्थ सोधेको विषयमा भएको प्रचारप्रति क्षमायाचना गरेका छन् ।

गत सोमबार जनकपुरमा आयोजित चुनावी सभामा बालेनले मैथिली भाषामा "मधेसी छौरा पीएम बन्ने वाला है" भनेका थिए । सोही सन्दर्भमा बस्नेतले उक्त शब्दको अर्थ के हो भनेर सोधेको विषयलाई केही व्यक्तिले गलत नियतले प्रचार गरेको उनको भनाइ छ ।

बिहीबार सामाजिक सञ्जालमार्फत बस्नेतले लेखेका छन्, "म मधेस, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैँ सम्मान गर्ने व्यक्ति हुँ । मैले नबोलेका विषयलाई गलत व्याख्या नगरिदिनुहोला ।"

उनले यस क्रममा कसैलाई अन्जानमा चोट पुगेको भए क्षमायाचना गर्दै फैलाइएको प्रचारप्रति भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।


यो समाचारमा

महेश बस्नेतनेपाल कम्युनिष्ट पार्टी (एमाले)बालेन्द्र शाह (बालेन)जनकपुर
राष्ट्रिय स्वतन्त्र पार्टी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...