बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

55
Share
Featured

काठमाडौँ

निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशको नायक रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने भएको भन्दै महानयक बालेन शाह भएको दाबी गरेका छन् ।

सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका उनले देश अहिले बालेनमय भएको भन्दै उनलाई प्रधानमन्त्री बनाउँदा शहीदको सपना र मधेशको छोराछोरीको भविष्य साकार पार्न सकिने धारणा राखे ।

उनले भने,‘बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री बनायौं भने सहीदको सपना साकार गर्न र मधेशको छोराछोरीको भविष्य साकार पार्न सकिन्छ । त्यसलै बालेनलाई जिताउन आवश्यकता छ । जेनजी आन्दोलनको तमाम शहीदहरुको साक्षी राखेर घोषणा गर्न चाहन्छु कि देश बालेनमय भएको छ । यो देशको नायक रास्वपाका रवि लामिछाने हुन भने महानायक बालेन शाह हुन् ।’

त्यस्तै उनले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने दाबी गर्दै बालेन प्रधानमन्त्री नबने जनकपुरको रणभूमिमा आत्मदाह गर्ने समेत घोषणा गरे ।

उनले भने, ‘हामी सीता माताका सन्तान हौं । बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’

यो समाचारमा

रवि लामिछानेबालेन्द्र शाह (बालेन)जनकपुरराष्ट्रिय स्वतन्त्र पार्टी
अमरेश कुमार सिंह5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...