आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार

96
Share
Featured
  • आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रह्यो, जबकि बहराइन दिनार र अस्ट्रेलियन डलर महँगिए।
  • युरो र पाउन्ड स्ट्रलिङको विनिमयदर भने अघिल्लो दिनको तुलनामा घटेको छ।
  • राष्ट्र बैंकले विनिमयदर आवश्यकतानुसार जुनसुकै बेला संशोधन हुन सक्ने र वाणिज्य बैंकको दर फरक हुन सक्ने जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका मुद्रा महँगिएका छन्। तर युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। 

आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा छ। हिजो युरो १ को खरिदर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६४ पैसा  थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ५३ र बिक्रीदर १९४ रुपैयाँ ३३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ८८ र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७१ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ४५ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो। आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८४ रुपैयाँ थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

यो समाचारमा

काठमाडौँनेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...