उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

96
Share
Featured

काठमाडौँ


उज्यालो नेपाल पार्टीराष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेनजी)बीच एकता भएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रीय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

पार्टीका एकता कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि उदाएको सबैभन्दा नयाँ पार्टी भएको दाबी गरे ।

जेनजी आन्दोलनले जन्माएको राष्ट्रिय परिवर्तन र उज्यालो पार्टी एकता भएको जानकारी गराउँदै उनले अब उज्यालो पार्टी नयाँ शक्तिको रुपमा उदाएको बताए ।

उनले भने,‘यो उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि उदाएको सबैभन्दा नयाँ पार्टी हो । यो आन्दोलनले जन्माएको पार्टी हो । योसँगै राष्ट्रिय परिवर्तन पार्टीपनि नयाँ पार्टी हो । यी आन्दोलनले जन्माएको दुई नयाँ पार्टी मर्ज भएको छ । यो उज्यालो पार्टी नै नयाँ शक्तिको रुपमा उदाएको छ ।’

उनले जेनजीहरुको भावना र मागलाई सम्बोधन गर्ने नयाँ जोशकासाथ आफू अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

यो समाचारमा

कुलमान घिसिङउज्यालो नेपाल पार्टीराष्ट्रिय परिवर्तन पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...