रास्वपाको चुनावी अभियान मधेशबाट सुरु हुने, रवि, बालेन र स्वर्णिम जनकपुर जाँदै

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

45
Share
Featured
  • रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाहसँग आर्थिक सुधार, रोजगारी, राजस्व, पूर्वाधार र डेलिभरी मोडलमा चरणबद्ध छलफल भइरहेको बताएका छन्।
  • छलफललाई आगामी निर्वाचन केन्द्रित आर्थिक एजेन्डा र शासकीय मोडल निर्माणतर्फ लक्षित गरिएको छ।
  • रास्वपाले चुनावी अभियानको सुरुवात मधेशबाट गर्ने र माघ ५ गते रवि लामिछानेसहित जनकपुर जाने जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन्द्र शाह (बालेन) सँग आर्थिक सुधारका विषयमा चरणबद्ध छलफल भइरहेको बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमा बालेनसँगको तस्बिर सार्वजनिक गर्दै वाग्लेले आर्थिक सुधार, रोजगारी, राजस्व, पूर्वाधार र महानगरको 'डेलिभरी मोडल' लगायतका विषयमा छलफल केन्द्रित रहेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, "आर्थिक सुधारको शृंखला, वृद्धि, रोजगारी, राजस्व र खर्च, आधुनिक पूर्वाधार, महानगरको 'डेलिभरी मोडल' लगायत विषयमा रास्वपा नेता एवं प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहसँग चरणबद्ध छलफल जारी छ ।"
साथै, उनले चुनावी अभियानको सुरुवात मधेशबाट गर्न लागिएको जानकारी दिँदै माघ ५ गते पार्टी सभापति रवि लामिछानेसहित आफूहरू जनकपुर जान लागेको बताए । "देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट, निकास फागुन २१ को निर्वाचनबाट," उनले लेखेका छन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीस्वर्णिम वाग्लेजनकपुरकाठमाडौँ
बालेन्द्र शाह (बालेन)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...