गगन थापाको नेतृत्वमा को-को आए? हेर्नुहोस् पूर्ण सूची

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

64
Share
Featured
  • गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गर्दै संस्थापनइतर पक्षको दोस्रो विशेष महाधिवेशन सम्पन्न।
  • उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल र गुरुराज घमिरे निर्वाचित।
  • संस्थापन पक्षको असहमतिकै बीच नेतृत्व चयन भएपछि कांग्रेसभित्रको विवाद नयाँ चरणमा प्रवेश।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएको छ । संस्थापन पक्षसँगको सहमतिको प्रयास विफल भएपछि गएराति निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो ।

काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनबाट सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मापुष्पा भुसाल (गौतम) तथा महामन्त्रीमा प्रदिप पौडेल र गुरुराज घमिरे निर्वाचित भएका छन्।

केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार, आठ सहमहामन्त्रीहरूमा डा. डिला संग्रौला, प्रकाश रसाइली स्नेही, बहादुरसिंह लामा, उदयशम्शेर राणा, मुक्ताकुमारी यादव, फर्मुल्ला मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा निर्वाचित भएका छन् ।

त्यसैगरी, खुलातर्फ ३५ केन्द्रीय सदस्यसहित विभिन्न क्लस्टर र प्रदेशबाट केन्द्रीय सदस्यहरू पनि निर्वाचित भएको घोषणा गरिएको छ । संस्थापन पक्षको विमतिबीच आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेसभित्रको विवादले नयाँ मोड लिएको छ ।

यो समाचारमा

गगन थापापुष्पा भुसाल (गौतम)प्रदिप पौडेलनेपाली काँग्रेस
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...