माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

110
Share
Featured
  • माघ महिनाबाट वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा ब्याजदर समायोजन गरेका छन्: व्यक्तिगत तर्फ औसत ४.६८%, संस्थागत तर्फ औसत ३.३८%।
  • ११ बैंकले ब्याजदर घटाए, ८ बैंकले पुसको दर कायम राखे, प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ।
  • प्रमुख बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर: ग्लोबल आइएमई बैंक ५.५०%, नेपाल बैंक ५.१०%, हिमालयन बैंक ५%, अन्य बैंकहरू ४.३६–४.५५% बीच।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

माघ महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले मुद्दती निक्षेपमा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् ।

पुसमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.८६ प्रतिशत र संस्थागततर्फ औसत ३.३७ प्रतिशत रहेकोमा माघ महिनाका लागि व्यक्तिगततर्फ ४.६८ प्रतिशत र संस्थागततर्फ औसत ३.३८ प्रतिशत कायम भएको छ ।

८ बैंकले पुस महिनाको ब्याजदरलाई नै निरन्तरता दिने भएका छनभने माघका लागी ११ बैंकले ब्याजदर घटाएका छन् । माघ महिनामा प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएको छ ।

माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा कृषि विकास बैंक लिमिटेडले ४.४० प्रतिशत, एभरेष्ट बैंक लिमिटेडले ४.४० प्रतिशत, कुमारी बैंक लिमिटेड ४.४३ प्रतिशत, नेपाल एसबीआई बैंक लिमिटेडले ४.४० प्रतिशत, लक्ष्मी सनराइज बैंक लिमिटेडले ४.५० प्रतिशत, सिटिजन्स बैंकले ४.५० प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंक लिमिटेडले ४.५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.३६ प्रतिशत, हिमालयन बैंक लिमिटेडले ५ प्रतिशत र सानिमा बैंकले ४.५५ प्रतिशत ब्याज दिनेछन् ।

यस्तै, आगामी महिना माघमा व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ५ प्रतिशत, नेपाल बैंक लिमिटेडले ५.१० प्रतिशत, ग्लोबल आइएमई बैंक लिमिटेडले ५.५० प्रतिशत, नबिल बैंक लिमिटेडले ४.५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, सिद्धार्थ बैंकले ४.५५ प्रतिशत र एनआइसि एसिया बैंकले ५ प्रतिशत ब्याजदर दिनेछन् । प्राइम कमर्सियल बैंकले भने माघमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ब्याजदर बढाएर ४.४० प्रतिशतमा पुर्याएको छ । पुसमा व्यक्तिगततर्फ ४.२५ प्रतिशत ब्याज दिएको थियो ।

यो समाचारमा

नेपाल बैंक लिमिटेडनेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडनबिल बैंक लिमिटेडमाछापुच्छ्रे बैंक लिमिटेड
सिद्धार्थ बैंक18 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...