ललितपुर-३ बाटै चुनाव लड्ने तोसिमा कार्कीको घोषणा

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

52
Share
Featured
  • डा. तोसिमा कार्कीले आगामी निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने स्पष्ट पारेकी छन्।
  • सामाजिक सञ्जालमार्फत उनले पार्टी छाड्ने भ्रमपूर्ण हल्लाको खण्डन गर्दै आफ्नो प्रतिबद्धता दोहोर्‍याएकी छन्।
  • कार्कीले रास्वपालाई मूलधारको बहुमतसहितको पार्टी बनाउन सक्रिय भूमिका निभाउने र पार्टीलाई सुदृढ र लोकतान्त्रिक बनाइरहने बताएकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आगामी निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाटै प्रतिस्पर्धा गर्ने स्पष्ट पारेकी छन्। पछिल्लो समय पार्टी छाड्ने चर्चा र भ्रमपूर्ण हल्ला चलिरहेका बेला उनले सामाजिक सञ्जालमार्फत ती हल्लाको खण्डन गर्दै आफ्नो प्रतिबद्धता दोहोर्‍याएकी हुन्।

कार्कीले रास्वपालाई वैकल्पिक मात्र नभई मूलधारको बहुमतसहितको पार्टी बनाउन आफू सुरुदेखि नै लागेको बताएकी छन्। उनले ६० जिल्ला र प्रवास विभाग गठनमा आफ्नो सक्रिय भूमिका रहेको उल्लेख गर्दै आफूले दुःख गरेर बनाएको पार्टीप्रति माया रहेको र भ्रमपूर्ण हल्लाको पछि नलाग्न आग्रह गरेकी छन्। उनले पार्टीलाई सुदृढ र लोकतान्त्रिक बनाउन आफू निरन्तर लागिरहने समेत बताएकी छन्।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँडा. तोसिमा कार्कीललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...