२८ औँ भूकम्प सुरक्षा दिवस माघ २ गते देशभर मनाइँदै

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

43
Share
Featured
  • माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस यस वर्ष २८औँ पटक ‘सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ नारासहित देशभर मनाइँदैछ।
  • मुख्य कार्यक्रम काठमाडौंको खुल्लामञ्चमा आयोजना हुनेछ, बसन्तपुरबाट भूकम्प सुरक्षा र्‍याली, दुईदिने प्रदर्शनी र प्रधानमन्त्रीको प्रमुख आतिथ्य रहनेछ।
  • सरकारले सुरक्षित भवन निर्माण, राष्ट्रिय भवन संहिता कार्यान्वयन, खोज–उद्धार तयारी र जनचेतनामार्फत भूकम्पीय जोखिम न्यूनीकरणमा सबैको साझा जिम्मेवारी रहेकोमा जोड दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालमा प्रत्येक वर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस यस वर्ष पनि २८ औँ पटक देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइने भएको छ ।

वि.सं. १९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको स्मृतिमा नेपाल सरकार, गृह मन्त्रलयको संयोजकत्वमा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

यस वर्षको भूकम्प सुरक्षा दिवस ‘सबै तहका सरकार, सबै नागरिकको तयारी ः भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।

दिवसलाई व्यवस्थित र प्रभावकारी बनाउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ अनुसार मूल समारोह समिति, व्यवस्थापन उपसमिति तथा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

मिति २०८२।०९।२२ गते बसेको प्रचारप्रसार उपसमितिको बैठकले भूकम्पीय जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशव्यापी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सोही अनुसार शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका कार्यालयहरूलाई विभिन्न सचेतनामूलक कार्यक्रम गरी २८ औँ भूकम्प सुरक्षा दिवस मनाउन निर्देशन दिइएको छ ।

यस वर्षको मूल समारोह काठमाडौँ महानगरपालिका स्थित खुल्लामञ्चमा आयोजना गरिनेछ । सो अवसरमा बसन्तपुर क्षेत्रबाट भूकम्प सुरक्षा र्याली निकालिने छ । र्याली बसन्तपुरबाट सुरु भई आकाश भैरव, इन्द्रचोक, असन र भोटाहिटी हुँदै खुल्लामञ्चमा पुग्ने कार्यक्रम रहेको छ । मूल समारोहमा सम्माननीय प्रधानमन्त्रीको प्रमुख आतिथ्य रहने जनाइएको छ ।

दिवसको अवसरमा कार्यक्रम स्थलमा दुईदिने भूकम्प सुरक्षा प्रदर्शनीसमेत आयोजना गरिनेछ । प्रदर्शनीमा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाको सहभागिता रहनेछ । यसका साथै प्रदेश तथा स्थानीय तहको सक्रियतामा गोष्ठी, छलफल, र्याली, अन्तक्र्रिया, प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटक तथा अडियो–भिडियो कार्यक्रमलगायत विविध जनचेतनामूलक गतिविधि देशभर सञ्चालन हुनेछन्।

सरकारले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित भवन निर्माण र राष्ट्रिय भवन संहिताको पूर्ण कार्यान्वयनलाई सशक्त पूर्वतयारीको आधार मानेको छ । कमजोर संरचना भत्किँदा जनधनको ठूलो क्षति हुने भएकाले भूकम्पीय जोखिम न्यूनीकरणमा सबैको साझा जिम्मेवारी रहेको सरोकारवालाहरूले जोड दिएका छन्।

यसैगरी, भूकम्पपछिको सम्भावित अवस्थालाई ध्यानमा राखी द्रुत खोज तथा उद्धार, तालिमप्राप्त जनशक्ति र तत्काल राहत व्यवस्थापनलाई समेत तयारी अवस्थामा राख्नुपर्ने आवश्यकता औँल्याइएको छ । भूकम्पीय जोखिम न्यूनीकरणका लागि पूर्वतयारीदेखि पुनस्र्थापना सम्मका कार्यहरू विभिन्न निकायबाट निरन्तर रूपमा भइरहेको सरकारले जनाएको छ । सरकारले भूकम्प सुरक्षा दिवसलाई सफल बनाउन सञ्चारजगत्, सरोकारवाला निकाय तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँनेपालगृह मन्त्रलय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउने मन्त्रालयको तयारी

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सह-सचिवलाई सरकारी सेवाबाट हटाउने प्रक्रिया सुरु गरेको छ। २०८२ माघ ११ गतेदेखि सम्पर्कविहीन रहेका ती सह-सचिव ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित भएपछि मन्त्रालयले कानुनी कारबाही अघि बढाएको हो।मन्त्रालयले जारी गरेको सूचनाअनुसार, विभिन्न माध्यमबाट सम्पर्क गर्न

    Data is loading...

    Loading brands...

    Loading footer...