लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउने मन्त्रालयको तयारी

Author

सजिलो पत्रिका

२०८३ असार ३०, मङ्गलबार

5
Share
Featured
  • भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सह-सचिवलाई सरकारी सेवाबाट हटाउने प्रक्रिया सुरु गरेको छ।
  • मन्त्रालयले १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
  • लामो समयदेखि अनुपस्थित र सम्पर्कविहीन कर्मचारीमाथि कारबाही प्रक्रिया तीव्र बनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सह-सचिवलाई सरकारी सेवाबाट हटाउने प्रक्रिया सुरु गरेको छ। २०८२ माघ ११ गतेदेखि सम्पर्कविहीन रहेका ती सह-सचिव ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित भएपछि मन्त्रालयले कानुनी कारबाही अघि बढाएको हो।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार, विभिन्न माध्यमबाट सम्पर्क गर्न खोज्दा पनि ती कर्मचारी सम्पर्कमा नआएपछि निजामती सेवा ऐन, २०४९ बमोजिम उनलाई सेवाबाट हटाउन लागिएको हो। मन्त्रालयले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न निर्देशन दिएको छ।

पछिल्लो समय मन्त्रालयले कार्यालयमा हाजिर नहुने, विदेशमा बसोबास गर्ने र लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीहरूको अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिँदै कारबाही प्रक्रिया अघि बढाएको छ। 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...