नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

56
Share
Featured
  • नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ, पार्टी सुदृढीकरण र संगठन रूपान्तरण यसको मुख्य उद्देश्य हो।
  • कुल ४,७४३ प्रतिनिधिमध्ये २,६६२ जना (५६ प्रतिशतभन्दा बढी) सहभागी भएपछि महाधिवेशनले पार्टीभित्रको आन्तरिक बहसलाई तीव्र बनाएको छ।
  • महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजना गरिएको महाधिवेशनमा शीर्ष नेताहरू अनुपस्थित भए पनि विभिन्न प्रदेश र समूहका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आइतबारबाट औपचारिक रूपमा सुरु भएको छ ।

बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई सुदृढ बनाउने, जनभावनाअनुकूल नीति तय गर्ने र नयाँ ऊर्जासहित नेतृत्वमार्फत संगठन रूपान्तरण गर्ने उद्देश्यसहित विशेष महाधिवेशन आयोजना गरिएको हो ।

विशेष महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये २ हजार ६६२ जना, अर्थात् ५६ प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् ।

उद्घाटनकै दिन यति ठूलो संख्यामा प्रतिनिधिको सहभागिता भएपछि विशेष महाधिवेशनले पार्टीभित्रको आन्तरिक बहसलाई तीव्र बनाएको छ ।
तीन महिनाअघि २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका थिए । पार्टी केन्द्रीय कार्यसमितिबाट औपचारिक निर्णय नआएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना गरिएको हो ।

यसअघि केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५औँ महाधिवेशन गर्ने मिति तय गरेको थियो । तर विशेष महाधिवेशन आयोजक समितिले पार्टी विधानअनुसार विशेष महाधिवेशन आयोजना गरिएको स्पष्ट पारेको छ ।

विशेष महाधिवेशन सचिवालयका सदस्य युवराज पाण्डेयका अनुसार उद्घाटनको दिनमै २ हजार ६६२ प्रतिनिधिको हस्ताक्षर सङ्कलन भएको छ । उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालालाई आमन्त्रण गरिए पनि उनीहरू उपस्थित भएनन् ।

यद्यपि सभापति देउवानिकट नेताहरू गोपालमान श्रेष्ठ, सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य पुष्पा भुसालसहित निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने माग राख्दै आएका २५ जना केन्द्रीय सदस्य भने विशेष महाधिवेशनमा सहभागी भए । अधिकांश वक्ताले शीर्ष नेताहरू बन्दसत्रमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रदेशगत रूपमा कोशीबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४ र सुदूरपश्चिमबाट १५८ प्रतिनिधि सहभागी भएका छन् । त्यस्तै, काठमाडौं उपत्यकाबाट १७८ तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ प्रतिनिधि विशेष महाधिवेशनमा सामेल भएका छन् ।

यो समाचारमा

फरमुल्लाह मन्सुरकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...