विशेष महाधिवेशन शक्ति वा सत्ताको संघर्ष होइन, सोचको लडाइँ हो : गगन थापा

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

29
Share
Featured
  • सबै सदस्य बराबर: गगन थापाले कांग्रेस सबैको साझा घर भएको भन्दै पद र हैसियतका आधारमा कोही ठूलो–सानो नहुने स्पष्ट पारे।
  • आत्मसमीक्षा र रूपान्तरण: विशेष महाधिवेशन शक्ति संघर्ष नभई देश, नागरिक र जनभावना बुझ्ने सोचको भिन्नताबाट आएको भन्दै नीति र नेतृत्व दुवै बदल्नुपर्ने बताए।
  • पुरानो शैली अन्त्य: पार्टी सञ्चालनको जाम भएको पुरानो तरिका अब भत्किएको दाबी गर्दै साधारण सदस्यलाई सम्मान गर्ने नयाँ संस्कार आवश्यक रहेको धारणा राखे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र सबै सदस्य बराबर भएको र कांग्रेस सबैको साझा घर भएको बताएका छन्।

आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र एकताबद्ध भएर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले अधिवेशनभन्दा ठूलो समीक्षा गर्ने अर्को मञ्च नहुने उल्लेख गर्दै यो शक्ति वा सत्ताको संघर्ष नभई देश, नागरिक र जनभावनालाई कसरी बुझ्ने भन्ने सोचको भिन्नताबाट उत्पन्न अवस्था भएको बताए । उनले अधिवेशनमा सहभागी नहुने सभापति पनि कांग्रेसकै सदस्य भएको र भुइँमा बसेर सहभागी हुने सदस्य पनि कांग्रेसकै सदस्य भएको उल्लेख गर्दै पदका आधारमा कोही ठूलो–सानो नहुने स्पष्ट पारे ।

उनले भने, ‘हामीले एक ठाउँमा आउनुपर्छ, समीक्षा गर्नुपर्छ । त्यसको निम्ती अधिवेशन भन्दा अर्को मञ्च हाम्रो लागि सानो हुन्छ । यो शक्तिको, सत्ताको संघर्ष होइन, देशलाई कसरी बुझ्ने, नागरिकलाई कसरी बुझ्ने जनभावनाको कदर गर्ने की नगर्ने भन्ने हाम्रो सोचको भिन्नताको कारणले गर्दा कोही यहाँ भयौं कोही हामी यहाँ हुन सकेनौं । यहाँ नआएका सभापति पनि कांग्रेसको सदस्य हो भने भूईंमा तल बस्ने पनि कांग्रेसको सदस्य हो । दुईवटै बराबर हो । यहाँ कोही ठूलो कोही सानो छैन । पद र जिम्मेवारी मात्रै भिन्न हो, सबै बराबार हुन् । कांग्रेस भनेको पनि त्यही हो । कांग्रेस सबैको साझा घर हो । यहाँ कोही सदस्य कसैका दास होइनन् । सबैको हक छ । पार्टीको सदस्यहरूले आफ्नो हकको दाबी गरेको हो । आजबाट कांग्रेसमा लामो समयदेखि जाम भएर बसेको, पार्टी सञ्चालनको जुन तरिका थियो, त्यो भत्कियो, भोलि जोसुकै आओस्, पार्टीको सदस्यलाई कसैले हेप्न सक्दैन । तल बस्ने सदस्यहरुलाई माथि बस्नेले निहुरिएर सलाम गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ ।’

महामन्त्री थापाले पार्टी सञ्चालनको लामो समयदेखि जाम भएर बसेको पुरानो शैली अब भत्किएको दाबी गरे । उनले तल बस्ने सदस्यलाई माथि बस्नेले सम्मान गर्नुपर्ने संस्कार स्थापित हुनुपर्ने धारणा पनि राखे । त्यसैगरी, उनले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि पार्टी सदस्यहरूले पनि नेतृत्वलाई सचेत गराएको उल्लेख गरे । पार्टी सञ्चालनको हालको तरिका ठीक नभएको भन्दै सरकारमा जानका लागि जे पनि गर्ने र सरकारबाट बाहिरिँदा सबै सकिएको जस्तो व्यवहार गर्ने प्रवृत्तिको आलोचना गरे ।

यो विशेष महाधिवेशन सदस्यहरूको मागबाट भएको उल्लेख गर्दै महामन्त्री थापाले नीति र नेतृत्व दुवै बदल्नुपर्ने माग उठेको बताए । महाधिवेशन कहाँ गएर टुंगिन्छ भन्ने विषयमा आफूलाई पनि थाहा नभएको भन्दै उनले हाउसले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने स्पष्ट पारे । उनले कांग्रेस दास र लासहरूको पार्टी नभइ कांग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताए ।

उनले भने, ‘भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछाडि पार्टीका सदस्यहरुले पनि भने तपाईंहरु सुध्रिनुपर्छ अब । पार्टी जसरी चलेको छ, ठिकठाक चलेको छैन । सरकारमा जानका लागि जे पनि गर्ने, सरकारबाट बाहिर बस्नुपर्यो भने सबै कुरा सकिएको जस्तो गर्ने हामीले गर्दै आयौं । यो विशेष महाधिवेशनको एजेण्डा यो यो छ त्यसैले सम्भवतः यहाँ गएर टुंगिन्छ भन्न सकिन्थ्यो होला । यो त सदस्यहरुले मागेर भएको महाधिवेशन हो । तपाईंहरुले माग्दै गर्दा के माग्नु भएको छ नीति पनि बदल्ने, नेता पनि बदल्ने भनेर माग्नु भएको छ । यो कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन । किनकी म पनि तपाईंहरुले बोलाएर आएको पाहुना हो । तपाईंहरुले आयोजना गर्नुभएको छ । भोलि अधिवेशनको हाउस बस्छ, हाउसले डिसाइड गर्छ । जे डिसाइड गर्छ मेरो लागि त्यो स्वीकार्य छ । कांग्रेस दास र लासहरुको पार्टी होइन, कांग्रेस जिउँदो मानिसहरुको पार्टी हो । कांग्रेसमा प्रश्न मरेको छैन, यहाँ हामी सबै बराबर छ हामी सबै बराबर छौं ।’

यो समाचारमा

गगन थापानेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...