कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन ३६ जिल्लाको आब्हान

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

55
Share
Featured
  • विशेष महाधिवेशन नजिकिँदै गर्दा नेपाली काँग्रेसका ३६ जिल्लाले सहभागिताका लागि काठमाडौं आउन आह्वान गरेका छन्।
  • पुस २७–२८ मा भृकुटीमण्डपमा हुने महाधिवेशनलाई परिवर्तन, एकता र युवाको सक्रिय सहभागिताका लागि अपरिहार्य बताइएको छ।
  • सबै प्रदेशबाट प्रतिनिधिहरू काठमाडौं आउने तयारीमा छन् र विशेष महाधिवेशनको समर्थन क्रमशः बढ्दै गएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको विशेष महाधिवेशन आउन अब दुई दिन मात्र बाँकी रहँदा पार्टीका विभिन्न जिल्ला कार्य समितिहरूले विज्ञप्ति जारी गर्दै महाधिवेशनमा सहभागि हुन काठमाडौं आउन आह्वान गरेका छन्।

पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि शुक्रबार बिहानसम्म ३६ जिल्लाबाट औपचारिक रूपमा विज्ञप्ति जारी भइसकेको जनाइएको छ।

विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन समितिका संयोजक जगदीश्वर नरसिंह केसीले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्ने जिल्ला तथा नेताहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए ।

विज्ञप्ति जारी गर्ने जिल्लामा काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, बारा, कास्की, बाँके, रोल्पा, अर्घाखाँची, पाल्पा, गोरखा, तनहुँ, नुवाकोट, रसुवा, लमजुङ, उदयपुर, गुल्मी लगायत रहेका छन्।

विशेष महाधिवेशन अपरिहार्य रहेको उल्लेख गर्दै काँग्रेस पाल्पाका जिल्ला सभापति हिमाल श्रेष्ठले जनतामा व्याप्त निराशा चिर्दै आगामी निर्वाचनमा शत्रुतापूर्ण राजनीतिक व्यवहारको अन्त्य, मित्रवत प्रतिस्पर्धा र ‘जेन–जी आन्दोलन’को मर्मअनुसार युवाको प्रभावकारी सहभागिता सुनिश्चित गर्न विशेष महाधिवेशन आवश्यक रहेको बताए ।

यसैगरी, विशेष महाधिवेशनमा सहभागिका लागि औपचारिक आह्वान गर्दै काँग्रेस बारा जिल्ला सचिवद्वय राजेश रौनियार र भैयाराम प्रसाद यादवले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा जनताको आवाज र वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै अझ एकताबद्ध, ऊर्जाशील र परिवर्तनमुखी नेपाली काँग्रेस निर्माण गर्नु विशेष महाधिवेशनको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै सबै प्रतिनिधिलाई सफलताका लागि सक्रिय हुन आग्रह गरिएको छ।

काँग्रेस गुल्मीका जिल्ला सभापति खिलध्वज पन्थीले पनि परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीलाई समयअनुकूल रूपान्तरण गर्न विशेष महाधिवेशन अपरिहार्य रहेको बताए ।

यसैबीच, कर्णाली प्रदेशका विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि काठमाडौँका लागि प्रस्थान गरिसकेका छन् । सुदूरपश्चिमसहित सबै प्रदेशका जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू बस रिजर्भ गरी काठमाडौं आउने तयारीमा रहेको जनपरिचालन समितिले जानकारी दिएको छ ।

‘जेनजी आन्दोलन’पछि देशको बदलिएको राजनीतिक परिवेशबीच हुन लागेको आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस नयाँ रूप र नयाँ एजेन्डासहित जनतामाझ जानुपर्ने आवश्यकता देखिएकाले विशेष महाधिवेशन आयोजना गरिएको हो। प्रारम्भमा कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेकामा हाल समर्थन गर्ने संख्या थप बढ्दै गएको विशेष महाधिवेशन सचिवालयले जनाएको छ।

यो समाचारमा

गोरखाअर्घाखाँचीउदयपुरधनकुटा
ललितपुर18 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...