सहकारी क्षेत्रमा नेपालको उपलब्धि छिमेकी देशभन्दा अगाडि : बडाल

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

49
Share
Featured
  • नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले नेपाल कृषि सहकारी केन्द्रीय संघले अल्पसंख्यक समुदायसम्म पुगेर सहकारी क्षेत्रमा नयाँ जागरण र गति ल्याएको बताएका छन्।
  • नेपालमा सहकारी क्षेत्रमा ५६% महिलाहरू सदस्य र ४०% सञ्चालक/लेखा समितिमा सहभागी छन्; संघमा ७७% महिलाहरू सक्रिय छन्, जसले सामाजिक रूपान्तरणमा ठूलो योगदान गरेको छ।
  • नेपालमा करिब ४४ सय महिला सञ्चालित सहकारी संस्था छन्, जसको ९०% सफल रहेको दाबी बडालले गरेका छन् र प्रारम्भिक तहका सहकारीमा महिलाको सहभागिता खुला गर्न आवश्यक ठाने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अनुशासन आयोगका अध्यक्ष केशव बडालले नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले अत्यन्त अल्पसंख्यक समुदायसम्म पुगेर सहकारी क्षेत्रमा नयाँ जागरण र गति ल्याउन सफल भएको बताएका छन् ।

संघको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष बडालले सहकारी आन्दोलनमा महिलाको भूमिकालाई विशेष रूपमा उल्लेख गरे । उनले भारतसहित दक्षिण एसियाली मुलुकहरूको सहकारी ऐन सन् १९०४ मै बनेको भएपनि नेपालले ८८ वर्षपछि आफ्नो सहकारी ऐन निर्माण गर्दा देशको आवश्यकता अनुसार अधिक परिपक्व र प्रभावकारी बनाएको बताए ।

बडालले छिमेकी भारतमा करिब १ अर्ब ४५ करोड जनसंख्या रहेको उल्लेख गर्दै त्यहाँ सहकारी क्षेत्रमा महिलाको सहभागिता २० प्रतिशत मात्र रहेको बताए । यसको तुलनामा नेपालमा सहकारी क्षेत्रमा ५६ प्रतिशत महिलाहरू सदस्य रहेको र ४० प्रतिशत महिलाहरू सञ्चालक तथा लेखा समितिमा सहभागी रहेको उनको भनाइ थियो ।

उनले भने, ‘कृषि सहकारी केन्द्रीय संघको पहलमा अत्यन्त अल्पसंख्यक समुदायहरुमा समेत पनि यो संघले एउटा नयाँ जागरण र नयाँ गति ल्याइसकेको छ । हाम्रो भन्दा भारतको सहकारी ऐन ८८ वर्ष जेठो १९ सय ४ मा ऐन पास भयो । भारत, पाकिस्तान, बंगलादेशश्रीलंका समेतको चाँही सबैको ऐन १९ सय ४ मा बनेको हो । त्यसको ८८ वर्षपछि हामीले आफ्नो बुद्धि सबै खन्याएर जति सकिन्छ राम्रो बनायौं । तर भारतमा १ अर्ब ४५ करोड जनसंख्या छ । त्यहाँ महिलाहरुको सहकारी क्षेत्रमा सहभागिता २० प्रतिशत मात्रै छ । हाम्रो ओभरल सहकारी क्षेत्रमा ५६ प्रतिशत महिलाहरु सदस्य छन् । ४० प्रतिशत सञ्चालक र लेखा समितिमा हुनुहुन्छ ।’

उनले नेपाल कृषि सहकारी केन्द्रीय संघमा ७७ प्रतिशत महिलाहरू सक्रिय रूपमा संलग्न रहेको जानकारी दिँदै यसलाई सामान्य तथ्यांक जस्तो देखिए पनि सामाजिक रूपान्तरणका दृष्टिले अत्यन्त महत्वपूर्ण उपलब्धि भएको बताए । महिलामा जागरण नआएसम्म देशको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै उनले हाल नेपालमा करिब ४४ सय सहकारी संस्था महिलाहरूले सञ्चालन गरिरहेको बताए ।

बडालले तीमध्ये ९० प्रतिशत महिलाद्वारा सञ्चालित सहकारी संस्था सफल रहेको दाबी गरे । उनले प्रारम्भिक तहका सहकारी संस्थामा महिलाको सहभागिता खुला गर्नुपर्नेमा जोड दिँदै यसले सहकारीको दर्शन, सिद्धान्त, मूल्य–मान्यता, आचरण र कार्यपद्धतिमा कुनै असर नपार्ने स्पष्ट पारे ।

उनले भने, ‘तर नेपाल कृषि सहकारी केन्द्रीय संघमा ७७ प्रतिशत महिलाहरु यसमा क्रियाशिल हुनुहन्छ । यो हेर्दा एउटा सामान्य तथ्यांक र सामान्य विषय जस्तो लाग्न सक्छ । तर आधा जनसंख्या भएको महिलाभित्र जागरण भएन भने विकास सम्भव हुँदैन । अहिले ४४ सय महिलाहरुले चलाएको सहकारी संस्थाहरु छन् । हाम्रो जस्तो देशमा जागरणको निम्ती प्रारम्भिक संस्थामा महिलाको सहभागिता खुला गर्नुपर्छ । त्यसले सहकारीको दर्शन, सिद्धान्त, मूल्य मान्यता, आचरण, कार्यशैली, कार्यपद्धतिलाई कुनै बाधा गर्दैन । ४४ सयमध्ये ९० प्रतिशत महिलाहरुले चलाएको सहकारी संस्थाहरु सफल छ ।’

यो समाचारमा

बंगलादेशश्रीलंकापाकिस्तानकाठमाडौँ
भारत5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...