आज दुई संसदीय समितिको बैठक बस्दै

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

39
Share
Featured
  • आज संघीय संसद अन्तर्गत दुई संसदीय समितिको बैठक बस्दैछ।
  • विधायन व्यवस्थापन समितिमा पर्यटन विधेयक, २०८१ माथि सरोकारवालासँग छलफल हुनेछ।
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा अध्यागमन ऐन २०४९ को कार्यान्वयनसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संघीय संसद अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।

विधायन व्यवस्थापन समितिको १५३ औं बैठक बिहान ११ः३० बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्दैछ । आजको बैठकमा पर्यटन विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गरिने कार्यसूची तय गरिएको छ ।

यस्तै बिहानको ११ः३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१५औँ बैठक बस्दैछ ।

बैठकमा अध्यागमन ऐन २०४९ को कार्यान्वयन र प्रत्यायोजित विधायन समेतको अवस्था सम्वन्धी अध्ययन प्रतिवेदन २०८२ सम्बन्धमा छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

यो समाचारमा

सिंहदरवारकाठमाडौँराष्ट्रिय सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...