आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

43
Share
Featured
  • नेपाल राष्ट्र बैंकका अनुसार आज अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ भने कुबेती दिनारजस्ता केही मुद्राको मूल्य बढेको छ।
  • अमेरिकी डलर, युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य आज हिजोको तुलनामा घटेको छ; अमेरिकी डलरको आजको खरिददर १४३.५२ र बिक्रीदर १४४.१२ रुपैयाँ रहेको छ।
  • कुबेती दिनारको मूल्य भने बढेर खरिददर ४६९.७९ र बिक्रीदर ४७१.७५ रुपैयाँ पुगेको छ; विनिमयदर आवश्यकतानुसार संशोधन हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको। तर, कुबेती दिनारसहितका केही मुद्रा महँगिएका राष्ट्र बैंकले जनाएको छ।

लगातार बढ्दै आएको अस्ट्रेलियन डलर र पाउन्डको मूल्य आज घटेको हो। आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा थियो। 

यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४८ पैसा छ। हिजो युरो १ को खरिदर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ ५१ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०८ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ७५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४७० रुपैयाँ ३८ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ३२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५२ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

यो समाचारमा

नेपाल राष्ट्र बैंककाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...