आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

38
Share
Featured
  • नेपाल राष्ट्र बैंकका अनुसार आज (मंगलबार) अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारको मूल्य घटेको छ भने अस्ट्रेलियन डलर र पाउन्ड स्ट्रलिङ महँगिएका छन्।
  • आज अमेरिकी डलर १ को खरिददर १४३.९७ र बिक्रीदर १४४.५७ रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा घटेको हो; पुस २ गते डलर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।
  • पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य निरन्तर बढ्दो क्रममा छ भने विनिमयदर आवश्यकताअनुसार परिवर्तन हुन सक्ने र बैंकअनुसार फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको। तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका केही मुद्रा महँगिएका छन्। 

अस्ट्रेलियन डलर, पाउन्डको मूल्य हिजो पनि बढेको थियो। आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा थियो। 

यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा छ। हिजो युरो १ को खरिदर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ ५१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६६ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४७० रुपैयाँ ३८ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४२ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ६१ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

यो समाचारमा

काठमाडौँनेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...