जेनजी युवा जागरण पार्टीकोे घोषणा, आन्दोलनका माग पूरा गर्न सडक संघर्ष

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

30
Share
Featured
  • जेनजी समावेशी युवा जागरण पार्टीले युवा सहभागितामा आधारित समावेशी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापना गर्ने उद्देश्यका साथ घोषणा गरेको छ।
  • पार्टीले बेरोजगारी, महँगी, शिक्षा–स्वास्थ्य समस्याको समाधान, रोजगार सिर्जना र समान अधिकार सुनिश्चित गर्न नयाँ वैकल्पिक राजनीतिक अभियान अघि बढाउने जनाएको छ।
  • महिलाहरू, दलित, आदिवासी, अपाङ्गता भएका र पिछडिएका समुदायलाई समान अवसर दिने र युवालाई देश निर्माणमा सक्रिय बनाउन आह्वान गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजी समावेशी युवा जागरण पार्टी घोषणा भएको छ । नयाँ जेनजी आन्दोलनका अधुरा एजेण्डा पूरा गर्न सडक संघर्ष गर्ने जानकारी गराएको छ ।

मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर जेनजी युवा जागरण पार्टीले राजनीतिक, सामाजिक र आर्थिक समस्याविरुद्ध नयाँ वैकल्पिक राजनीतिक अभियान अघि बढाउने घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष जीपी पोखरेलले पार्टीले युवाको सक्रिय सहभागितामा समावेशी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापना गर्ने उद्देश्य लिएको जनाकारी दिए ।

‘नेपालमा बढ्दो बेरोजगारी, भ्रष्टाचार, महँगी, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्याले जनताको जीवन कष्टकर बन्दै गएको छ । यस्ता समस्याको समाधानका लागि पुराना दलहरू असफल भएका छन्, युवामुखी नयाँ राजनीतिक शक्तिको आवश्यकता छ’ पोखरेलले भने ।

अध्यक्ष पोखरेलले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारको काम चुनाव गराउनुमात्रै नभएको बताउँदै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको म्याडेट भुलेको दाबी गरे ।

उनले जेनजी आन्दोलनको उपलब्ध खेर जान नदिन नयाँ पार्टीको घोषणा गर्नु परेको बताए । उनले फेरि आन्दोलन गर्नुपर्ने बाध्य नबनाउन सरकारलाई चेतावनी समेत दिए ।

पार्टीका उपाध्यक्ष डेनिज पोखरेलले सबै जातजाति, भाषा, संस्कृति र वर्गको समान अधिकार सुनिश्चित गर्दै समावेशी लोकतन्त्रलाई बलियो बनाउने आफ्नो पार्टीको मुल उद्देश्य रहेको बताए ।

उनले शिक्षा र स्वास्थ्यलाई पूर्णरूपमा निःशुल्क र गुणस्तरीय बनाउनुपर्ने, रोजगारी सिर्जनामा राज्यले सक्रिय भूमिका खेल्नुपर्ने तथा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने माग समेत गरे ।

सचिवालय सदस्य डा. रामगोपाल श्रेष्ठले महिलाहरू, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायलाई राज्यका सबै निकायमा समान अवसर दिनुपर्नेमा जोड दिए ।

उनले आफ्नो पार्टीले युवाहरूलाई देश निर्माणको मुख्य शक्ति मान्दै वैचारिक रूपले सचेत भई राजनीतिमा सक्रिय हुन आह्वानसमेत गरेको जानकारी गराए ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...