त्रिशूलीमा नुहाउँदा दुई युवक बेपत्ता, खोजी कार्य जारी

Author

सजिलो पत्रिका

२०८२ पुस २०, आइतबार

36
Share
Featured
  • चितवनको इच्छाकामना–४, कुरिनघाटमा त्रिशूली नदीमा नुहाउँदा २ युवक बेपत्ता (शंकर चौधरी २१, सौरभ थारु २२)।
  • उनीहरू दुवै त्रिशूली हाइड्रोपावरमा मजदुर थिए र झोलुङ्गे पुल नजिक नुहाउने क्रममा डुबेका।
  • सशस्त्र प्रहरी बलको टोलीले गोताखोरसहित खोजी सुरु गरेको, शनिबार साँझसम्म नफेला परेपछि आइतबार बिहान पुनः खोजी कार्य सुरु।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाटमा त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् । शनिबार दिउँसो झोलुङ्गे पुल नजिकै नुहाउन पसेका उनीहरू नदीमा डुबेर बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार, बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ का २१ वर्षीय शंकर चौधरी र राजापुर नगरपालिकाका २२ वर्षीय सौरभ थारु रहेका छन् । उनीहरू दुवै त्रिशूली हाइड्रोपावरमा कार्यरत मजदुर थिए ।

घटनालगत्तै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनघाटबाट गोताखोरसहितको टोलीले खोजी कार्य सुरु गरेको थियो । शनिबार साँझसम्म खोजी गर्दा पनि उनीहरू फेला नपरेकाले आज (आइतबार) बिहानैदेखि खोजी कार्य पुनः सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो समाचारमा

गेरुवा गाउँपालिकाचितवनसशस्त्र प्रहरी बलइच्छाकामना गाउँपालिका
बर्दिया6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...