तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित निर्वाचन हुन्छ : मन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ पुस १९, शनिबार

36
Share
Featured
  • सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ गते तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउने सरकारको प्रतिबद्धता दोहोर्‍याएका छन्।
  • युवापुस्ताको राजनीतिक सहभागिताले देश परिवर्तनको बाटोमा अघि बढेको उल्लेख गर्दै सही नेतृत्व चयन गर्न सबैलाई आग्रह गरे।\
  • जेनजी आन्दोलनको मूल माग सुशासन रहेको भन्दै त्यस क्रममा बगेको रगत खेर जान नदिने अठोट सरकारको रहेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउने प्रतिबद्धता जनाएका छन् ।

शनिबार ललितपुरको पाटनमा आयोजित निर्वाचन २०८२ लक्षित गल्ली एप उद्घाटन कार्यक्रममा बोल्दै उनले अब युवा पुस्ता राजनीतिमा अगाडि आएको बताउँदै मुलुक परिवर्तनको बाटोमा अघि बढिरहेको बताए ।

उनले भने,‘देशमा चुनाव फागुन २१ मा हुँदैछ । यो चुनावमा यहाँहरू सबैलाई म आग्रह गर्न चाहन्छु । कृपया यस पटक हामीले गल्ती नगरौँ । राम्रो नेता र राम्रो नेतृत्व हामीले ल्याउन जरुरी छ । अब मुलुक परिवर्तनको बाटोमा अघि बढ्दैछ । अब युवा पुस्ता राजनीतिमा अगाडि आउँदैछ र देशको अनुहार बदलिँदै छ । यो बद्लिने कुरामा यहाँहरू सबैको साथको अपेक्षा सरकारले राखेको छ । र यो सरकार समयमै चुनाव गराउने कुराहरूमा निष्पक्ष निर्वाचन गराउने कुरामा, धाँधलीरहित निर्वाचन गराउने कुरामा प्रतिबद्ध छ ।’

त्यस्तै उनले जेनजीको आन्दोलन सफल भएर पनि आफूले सत्ताको माग नगरेको भन्दै उनीहरुको माग सुशासनको मात्र रहेको बताए । जेनजीहरुले मागेको सुशासनलाई आफूहरुले पछ्याउने कोशिस गरिरहेको बताउँदै मन्त्री खरेलले जेनजी आन्दोलनमा बगेको रगत खेर जान नदिने अठोट गरे ।

‘जेनजीको आन्दोलन सफल भयो । जेनजीले हामीलाई सरकारमा पठायो । उ सरकारमा गएन । सत्ता मागेन र हामीलाई फेरी भन्यो सुशासन देऊ । हामी अहिले त्यो पछ्याउने कोशिस गरिरहेको छौं । जुन निस्वार्थ रगत जेनजी आन्दोलनमा बगाएको छन् त्यो खेर जान दिनुहुँदैन,’उनले भने ।

मन्त्री खरेलले फागुन २१ मा निर्वाचन हुन्छ हुँदैन भन्ने दुविधा अब हटेको दाबी गरे ।

यो समाचारमा

जगदीश खरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...