रास्वपाको समानुपातिक सूचीबाट युवा उद्यमी सचिन ढकालले नाम फिर्ता लिए

Author

सजिलो पत्रिका

२०८२ पुस १९, शनिबार

29
Share
Featured
  • रास्वपाको समानुपातिक बन्दसूचीमा रहेका युवा उद्यमी सचिन ढकालले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिए।
  • समानुपातिक प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै निर्णय लिएको उनले बताए।
  • ढकाल पर्यटन–हस्पिटालिटी क्षेत्रमा सक्रिय उद्यमी तथा एफसी चितवनका अध्यक्ष हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीमा रहेका युवा उद्यमी सचिन ढकालले आफ्नो नाम फिर्ता लिएका छन् । खस आर्य (पुरुष) समूहको दोस्रो नम्बरमा रहेका उनले व्यक्तिगत कारण देखाउँदै सूचीबाट बाहिरिने निर्णय गरेका हुन् ।

ढकालले संविधानले व्यवस्था गरेको समानुपातिक प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै आफूले नाम फिर्ता लिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिनले विदेशका अवसर छाडेर स्वदेशमै उद्यमशीलतामा लागेको र रोजगारी सिर्जना गर्ने आफ्नो लक्ष्य रहेको बताए ।

"कुनै व्यावसायिक घरानामा जन्मिनु अपराध होइन," उनले भने, "मैले आफ्नो शिक्षा, ज्ञान र क्षमतालाई व्यवहारमा उतार्ने प्रयास गरिरहेको छु ।"

फुटबल क्लब 'एफसी चितवन' का अध्यक्षसमेत रहेका ढकाल पर्यटन र हस्पिटालिटी क्षेत्रमा सक्रिय छन् । रास्वपाको समानुपातिक सूचीमा उनको नाम काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कोटाबाट परेको बताइएको थियो ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)नेपाल उद्योग वाणिज्य महासंघकाठमाडौँचितवन
काठमाडौँ महानगरपालिका5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...