निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरण पाएको छैन : चन्द्रप्रसाद ढकाल

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

23
Share
Featured
  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको संरक्षण र मनोबल उच्च बनाउन आवश्यक रहेको बताएका छन्।
  • जेनजी आन्दोलनपछिको परिवर्तित परिस्थितिमा निजी क्षेत्रको सुरक्षा, प्रवद्र्धन र मनोबल वृद्धि महासंघको प्रमुख माग रहेको उनले स्पष्ट पारे।
  • आसन्न निर्वाचनका लागि सरकार र राजनीतिक दलहरूको तत्परताले लोकतन्त्रप्रतिको समर्पण देखाएको भए पनि निजी क्षेत्रले निर्वाध काम गर्न पाउने वातावरण अझै सुनिश्चित हुन सकेको छैन भन्ने गुनासो अध्यक्ष ढकालले व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको संरक्षण र मनोबल उच्च बनाउनु आवश्यक रहेको बताएका छन् ।

शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि परिवर्तित परिस्थितिमा निजी क्षेत्रको सुरक्षा र मनोबल बढाउन सरकारसँग आग्रह गरिएको बताए ।

उनले निजी क्षेत्रको मनोबल वृद्धि, संरक्षण तथा प्रवद्र्धन महासंघको प्रमुख माग रहेको स्पष्ट पारे । अध्यक्ष ढकालले आसन्न निर्वाचनका लागि नेपाल सरकारको अग्रसरता र मेहनत प्रशंसनीय रहेको उल्लेख गर्दै निर्वाचनमा सहभागिताका लागि राजनीतिक दलहरूले देखाएको तत्परताले देश निर्वाचनतर्फ अघि बढेको देखिएको बताए ।

‘यो चुनावी वातावरण लोकतन्त्रप्रतिको वर्तमान सरकारको समर्पणको उदाहरण हो,’ उनले भने, ‘शान्ति र स्थायित्वका लागि हामी विवेकी, लचिलो र प्रतिबद्ध छौं भन्ने कुरा यसले पनि पुष्टि गर्छ । समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय भने अझै पनि ओझेलमा परेको भान परेको छ । निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै हुन सकेको छैन ।’

तर समृद्धिका लागि अत्यावश्यक निजी क्षेत्रको संरक्षणको विषय भने अझै ओझेलमा परेको उनले गुनासो गरे । निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरणको सुनिश्चितता अझै हुन नसकेको उनको भनाइ थियो ।

यो समाचारमा

काठमाडौँनेपाल उद्योग वाणिज्य महासंघचन्द्रप्रसाद ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...