प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी

Author

सजिलो पत्रिका

२०८२ पुस १५, मङ्गलबार

21
Share
Featured
  • फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्द सूची बुझाउने अन्तिम दिन निर्वाचन आयोगमा दलहरूको उल्लेख्य उपस्थिति देखिएको छ, हालसम्म ६३ दलले सूची दर्ता गरिसकेका छन्।
  • आयोगले बन्द सूची प्रक्रिया सहज बनाउन दुई टोली परिचालन गरी उम्मेदवारको योग्यता जाँच, निस्सा प्रदान र सूची दर्ता गरेको छ भने अब समावेशी र कानुनी मापदण्डको रुजु सुरु गर्नेछ।
  • नेपाली कांग्रेसको सूची अझै बुझिन बाँकी रहेकाले सूची दर्ता गर्ने दलको संख्या ६४ पुग्ने अपेक्षा गरिएको छ, साथै ६४ दलमध्ये ५८ का लागि मात्र निर्वाचन चिह्न उपलब्ध रहेको आयोगले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारी तीव्र बन्दै गएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची पेश गर्ने अन्तिम दिन हिजो निर्वाचन आयोगमा दलहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।

निर्वाचन आयोगले स्वीकृत कार्यक्रमअनुसार पौष १३ र १४ गते बन्द सूची पेश गर्ने समय तोकेको थियो। तोकिएको समयभित्र आयोगमा उपस्थित भएका दलहरूलाई समयको कुनै बन्देज नराखी सेवा प्रवाह गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले समानुपातिक बन्द सूची प्रक्रिया सहज बनाउन दुईवटा टोली परिचालन गरेको छ। पहिलो टोलीले उम्मेदवार योग्य छन् कि छैनन्, मतदाता नामावलीमा नाम छ कि छैन भन्ने जाँच गरी निस्सा प्रदान गर्दछ भने निस्सा प्राप्त भएपछि दोस्रो टोलीले सम्बन्धित दलको बन्द सूची दर्ता गर्ने काम गरेको थियो ।

प्रचलित कानूनअनुसार प्रति दल ५० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने व्यवस्था छ। बन्द सूची दर्ता प्रक्रिया सकिएपछि आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिक तथा समावेशी मापदण्ड पूरा भएको छ कि छैन भन्ने रुजु कार्य सुरु गर्नेछ। सो क्रममा कुनै त्रुटि भेटिएमा सम्बन्धित दललाई सच्याउन निर्देशन दिइनेछ ।

हालसम्म ६३ राजनीतिक दलले निर्वाचन आयोगमा समानुपातिक बन्द सूची बुझाइसकेका छन्। यसमा नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी लगायत ठूला र साना दलहरू छन्। बन्द सूची बुझाउने दलहरूको सूचीमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, माक्सवादी पुष्पलाल समूह, गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टीहरू लगायत अन्य दलहरू समावेश छन्।

हालसम्म नेपाली काँग्रेसको सूची भने बुझिएको छैन। पार्टी सभापति शेर बहादुर देउबाको हस्ताक्षरका लागि कांग्रेस मुख्यसचिव कृष्ण पौडेल र प्रचार विभाग प्रमुख मीन विश्वकर्मा आयोग फर्किन बाँकी रहेकाले सूची दर्ता प्रक्रिया पूरा हुन सकेको छैन। कांग्रेसले सूची बुझाएपछि समानुपातिक तर्फ उम्मेदवारी पेश गर्ने दलको संख्या ६४ पुग्नेछ।

निर्वाचन आयोगका अनुसार ६४ दलले उम्मेदवारी दिए पनि ५८ वटा मात्रै निर्वाचन चिह्न उपलब्ध छन्। केही दलहरू संयुक्त चुनाव चिह्न प्रयोग गर्दै निर्वाचनमा सहभागी हुने तयारीमा छन्।

आयोगले लोकतन्त्रमा असन्तुष्टि व्यक्त गर्ने अधिकार सबैलाई भएको उल्लेख गर्दै, आयोगमा देखिएका अभिव्यक्तिलाई चुनौतीका रूपमा नलिएको स्पष्ट पारेको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँनेपाल मजदुर किसान पार्टीशेर बहादुर देउबा
निर्वाचन आयोग10 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...