चुनावी तयारीकै बीच आयोगभित्र युवाको विरोध, लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न

Author

सजिलो पत्रिका

२०८२ पुस १५, मङ्गलबार

21
Share
Featured
  • निर्वाचन तयारी तीव्र भइरहेका बेला जेन–जी समूहका युवाहरूले सुरक्षा घेरा तोडेर निर्वाचन आयोग परिसरभित्र प्रवेश गर्दै चुनाव रोक्न मागसहित विरोध प्रदर्शन गरेका छन्।
  • जेन–जी आन्दोलनका क्रममा भएका दमन र हत्यामा दोषीलाई कारबाही नगरेसम्म चुनाव अस्वीकार्य हुने र बन्द कोठाभित्रको राजनीतिक सहमतिले आन्दोलनमाथि धोका दिएको उनीहरूको आरोप छ।
  • समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने प्रक्रियाकै बीच भएको प्रदर्शनले युवाहरूको गहिरिँदो असन्तुष्टि र निर्वाचन प्रक्रियामाथि उठेका प्रश्न उजागर गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचनको औपचारिक तयारी तीव्र बन्दै गएको समयमा निर्वाचन आयोग परिसरभित्रै युवाहरूको विरोध प्रदर्शनले लोकतान्त्रिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ ।

सोमबार साँझ आफूलाई जेनजी समूहको रूपमा चिनाउने केही युवाहरूले आयोगको सुरक्षा घेरा तोड्दै प्रवेश गरी चुनाव रोक्न माग गर्दै नाराबाजी गरेका थिए ।

राजनीतिक दलहरू समानुपातिक उम्मेदवारहरूको बन्द सूची बुझाइरहेका बेला भएको प्रदर्शनले युवा पुस्ताको गहिरिँदो असन्तुष्टि उजागर गरेको हो ।

प्रदर्शनकारीहरूले जेनजी आन्दोलनका क्रममा भएका दमन र हत्याका घटनामा दोषीमाथि कारबाही नभएसम्म चुनाव स्वीकार्य नहुने दाबी गर्दै आएका छन् ।

उनीहरूले बन्द कोठाभित्र राजनीतिक सहमति गरेर चुनावमा जाने निर्णयलाई आन्दोलनमाथिको धोका भएको बताएका छन् ।

राजनीतिक दलहरू समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउन व्यस्त रहेका बेला आयोगभित्र पुगेका युवाहरूले ‘चुनाव धोका हो’, ‘निर्वाचन प्रक्रिया बन्द गर’ र ‘हत्यारालाई कारबाही गर’ जस्ता नारा लगाएका थिए ।

प्रदर्शनकारीहरूले ‘जेनजीका माग पूरा गर’, ‘नालायक सरकार मुर्दावाद’ र ‘सुशिला कार्की राजीनामा दे’ जस्ता नारा लगाउँदै अन्तरिम सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए ।

प्रदर्शनमा सहभागी एक युवाले रवि लामिछाने र बालेन साहबीच भएको भनिएको सहमति प्रति असन्तुष्टि व्यक्त गर्दै बन्द कोठाभित्र सहमति गरेर चुनावमा जाने निर्णयलाई आन्दोलनमाथिको धोका भएको बताए ।

‘बन्द कोठाभित्र स्टाटस लेखेर युवाहरूको साथ हामीसँग छ भन्ने ? आज तिमीहरू नयाँ गठबन्धनका नाममा चुनावमा जाने कुरा गरिरहेका छौ, यो आन्दोलनमाथिको धोका हो । हामी खबरदार भन्न चाहन्छौं,’ उनले भने ।

निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि राजनीतिक दलहरूलाई समानुपातिकतर्फको बन्द सूची बुझाउन सोमबारसम्मको समयसीमा तोकेको थियो ।

यो समाचारमा

काठमाडौँनिर्वाचन आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्। जुलाई १५ मा श्रीलंका प्रस्थान गरेका उनले त्यहाँ आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाको सत्तारुढ दल जनता विमुक्ति

    Data is loading...

    Loading brands...

    Loading footer...