'हनी ट्रयाप' पछि हत्या: मुख्य अभियुक्त तीन जनालाई जन्मकैद, चार जनालाई सफाइ

Author

सजिलो पत्रिका

२०८२ पुस १५, मङ्गलबार

27
Share
Featured
  • काभ्रेपलाञ्चोक जिल्ला अदालतले काठमाडौंका व्यवसायी विनोद खड्गीको हत्या प्रकरणमा मुख्य अभियुक्त मनिषा महत, आशिष पासवान, प्रतीक गौतमलाई जन्मकैदको सजाय सुनाएको छ।
  • उनीहरूलाई २-२ लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ, जबकि रोशनी महत, सञ्जय खत्री, मेनुका महत, दिपेश पौडेललाई अदालतले सफाइ दिएको छ।
  • मृतक खड्गीलाई २०८१ असोज ५ गते ‘हनी ट्रयाप’ मा पारेर अपहरण र हत्या गरिएको थियो; मतियार सरिन घिमिरे दोषी ठहर भए पनि उनको सजाय बाँकी छ, र घटनामा संलग्न अन्य दुई जना अझै फरार छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

'हनी ट्रयाप' मा पारेर काठमाडौंका व्यवसायी विनोद खड्गीको अपहरणपछि हत्या गरेको अभियोगमा संलग्न तीन जनालाई जिल्ला अदालत काभ्रेपलान्चोकले जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सोमबार मुख्य अभियुक्तहरू मनिषा महत, आशिष पासवान र प्रतीक गौतमलाई जन्मकैदको फैसला सुनाएको हो । उनीहरूलाई जनही २-२ लाख रुपैयाँ जरिवाना गर्ने आदेश पनि दिइएको छ ।

यसैगरी, सोही प्रकरणमा संलग्न अन्य चार जना— रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेललाई भने अदालतले सफाइ दिएको छ । मतियारको भूमिकामा रहेका सरिन घिमिरेलाई दोषी ठहर गरिएको छ भने उनको सजाय निर्धारण हुन बाँकी छ ।

काठमाडौं कीर्तिपुरका मासु व्यवसायी ५० वर्षीय खड्गीलाई २०८१ असोज ५ गते राति 'हनी ट्रयाप' मा पारेर अपहरण गरी फिरौती असुलेपछि हत्या गरिएको थियो । घटनामा संलग्न अन्य दुई जना अझै फरार छन् ।

यो समाचारमा

काठमाडौँकाभ्रेपलान्चोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...