उपसभामुख रानाले भनिन् :गाडी बुझाएको हो, राजीनामा दिएको होइन

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

17
Share
Featured
  • उपसभामुख इन्दिरा रानामगरले राजीनामा नदिएको र सरकारी सुविधा मात्र त्यागेको स्पष्ट पारिन्।
  • संसद् सञ्चालनमा नरहेकाले नैतिकताका आधारमा सरकारी गाडी फिर्ता गरेको उनको भनाइ छ।
  • राजीनामा दिएको भनेर आएको समाचारप्रति आपत्ति जनाउँदै संविधानको धारा ९१ अनुसार पदमा कायम रहेको बताइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उपसभामुख इन्दिरा रानामगरले आफूले राजीनामा नदिएको स्पष्ट पारेकी छन् । विभिन्न सञ्चारमाध्यममा उपसभामुख रानामगरले राजीनामा दिएको भन्ने समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गर्दै सरकारी सेवा–सुविधा नलिने निर्णय मात्रै गरेको बताइन् ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उपसभामुख रानामगरले प्रतिनिधि सभा सञ्चालनमा नरहेको अवस्थामा सरकारी सुविधा लिन उपयुक्त नठानेर आफूले सरकारी गाडी मात्रै बुझाएको बताइन् ।

‘मैले गाडी बुझाएको हो, तर राजीनामा बुझाएको छैन,’ उनले भनिन्, ‘समानुपातिक तर्फको मनोनयन दर्ता सुरु भएकाले आइतबार गाडी बुझाएँ । संसद् चलेको छैन, त्यतिकै किन सरकारी सुविधा लिने भनेर गाडी बुझाएको हुँ ।’

आफूले गाडी बुझाएको विषयलाई लिएर राजीनामा दिएको भनी समाचार लेखिएकोप्रति उनले आपत्ति जनाइन् । ‘गोरखापत्र, केही अनलाइनहरूले राजीनामा दियो भनेर लेखे । आफ्नै देशका सञ्चारमाध्यमले यस्तो लेख्दा मलाई लाज लागिसक्यो,’ उनले भनिन् ।

उपसभामुख रानामगरले सरकारले गर्न नसकेको काम आफूले गर्दा पनि त्यसलाई ‘तमासा’ बनाउने प्रयास भइरहेको आरोप लगाइन् । जनतालाई राम्रो सन्देश दिनका लागि गाडी बुझाएको भएपनि आफूले सुरुवातीमा पदभार ग्रहण गरेकै बेला प्रयोग गरिरहेको जस्तै अवस्थामा गाडी फिर्ता गर्न दबाब दिइएको उनले बताइन् ।

उनले भनिन्, ‘जसको घर नै यहाँ छैन, केही गर्दा त्याग नै गरेको हुँ । तर मैले सरकारले गर्न नसकेको काम गरिरहेको छु । बालबच्चाहरुका लागि नेपालभरी बस्ने घर बनाएको छु, स्कुल बनाइदिएको छु । यत्रो स्कुलहरु चलाइदिएको छु, सरकारले नगरेको काम मैले गरेको छु । तर पनि मलाई तमासा बनाउने काम भयो । कस्तो देश होला ?मलाई पीडा भएको छ तर पीडा पोख्दिन । तर जति मलाई पीडा दिन्छन् उत्तिकै चट्टान बनेर उभिन्छु ।’

उनले आफूले देशभर बालबालिकाका लागि आवास, विद्यालय निर्माण र विद्यालय सञ्चालनजस्ता काम गरेको दाबी गर्दै त्यसलाई बेवास्ता गरेर आलोचना गरिनु दुःखद भएको बताइन् ।

संविधानको धारा ९१ अनुसार सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनका लागि मनोनयनको दिनसम्म कायम रहने व्यवस्था रहेको उल्लेख गर्दै रानामगरले सोही प्रावधानअनुसार राजीनामा नदिई सरकारी सुविधा मात्रै नलिएको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘नेपालको संविधानको धारा ९१ ले सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनका लागि मनोनयनको दिनसम्म रहने भनेको छ । तर कानुनले यस्तो अवस्थामा पदावधी सकिने भनेर स्पष्ट भनेको छैन । सोही अनुसार मैंले राजीनामा नभइ सुविधा चाँही नलिएको हो । जनतालाई राम्रो सन्देश दिन खोजेको हुँ । तर गाडी बुझाउँदा पनि जस्तो लगेको हो, त्यस्तै गाडी बुझाउने भनेका छन् । म सँग गाडी बनाउने पैसा छैन् । तर केही शक्तिहरु मिलेर दबाउन खोजिँदैछ ।’

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक तर्फको मनोनयन दर्ता हुँदैछ । नेपालको संविधानको धारा ९१ अनुसार सभामुख र उपसभामुखको कार्यकाल ‘प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता हुने दिनसम्म’ कायम रहने उल्लेख छ ।

उपसभामुख रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदका रूपमा निर्वाचित भएकाले समानुपातिक तर्फको मनोनयन दर्ताको दिनदेखि नै उनले सेवा–सुविधा त्यागेको बताएकी हुन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँइन्दिरा रानामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...