रवि र बालेन एउटै मोर्चामा, जनताले भने–‘भिजन र रोडम्याप चाहियो’

Author

सजिलो पत्रिका

२०८२ पुस १३, आइतबार

18
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहको सम्भावित सहकार्यले नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ, जसमा पार्टी नेतृत्व रविले र प्रधानमन्त्री उम्मेदवार बालेनले गर्ने सहमति छ।
  • सर्वसाधारणबीच प्रतिक्रिया मिश्रित देखिन्छ; केहीले यसलाई पुराना दलप्रतिको नयाँ विकल्पको रूपमा सकारात्मक हेरेका छन् भने केहीले स्पष्ट नीति, रोडम्याप र कार्यान्वयन क्षमता नदेखिएकाले शंका व्यक्त गरेका छन्।
  • नागरिकहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक पलायन र समावेशी दृष्टिकोणमा ठोस योजना देखाउनुपर्ने जोड दिएका छन्, अन्यथा यो सहकार्य पनि केवल अर्को राजनीतिक प्रयोगमै सीमित रहन सक्ने चेतावनी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकाठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एउटै राजनीतिक मोर्चामा उभिने सहमति भएको चर्चाले नेपाली राजनीतिमा नयाँ बहस सिर्जना भएको छ ।

सहमतिअनुसार पार्टीको औपचारिक नेतृत्व रवि लामिछानेले गर्ने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सारिने बताइएपछि राजनीतिक वृत्त मात्र होइन, सर्वसाधारण तहमा पनि मिश्रित प्रतिक्रिया देखिएको छ ।

यसै सन्दर्भमा नेपाल न्यूज बैंकले राजधानीमा सर्वसाधारणसँग कुराकानी गर्दा आशा, शंका र आलोचना मिसिएको प्रतिक्रिया दिए । धेरैले यसलाई पूराना दलप्रतिको निराशाबाट जन्मिएको नयाँ राजनीतिक प्रयोगका रूपमा हेरेका छन् भने केहीले स्पष्ट नीति र भिजन नआएसम्म विश्वास गर्न नसकिने बताएका छन् ।

जसमा सर्वसाधारण नागरिक पूर्णप्रसाद सापकोटा पछिल्लो राजनीतिक घटनाक्रमले जनतामा अनिश्चितता र त्रासको भावना पैदा गरेको उनी बताउँछन् । ‘जेनजी आन्दोलनपछि कहिले के हुन्छ भन्ने डर अझै हटेको छैन,’ उनले भने ।

रवि र बालेनजस्ता युवापुस्ताका नेताहरू एक ठाउँमा आउनु सकारात्मक भएपनि उनीहरूले राष्ट्रलाई कसरी अगाडि लैजाने भन्ने स्पष्ट रोडम्याप सार्वजनिक गर्नुपर्ने उनको धारणा छ । शिक्षा, स्वास्थ्य, रोजगारी र वैदेशिक पलायनजस्ता विषयमा ठोस योजना नआएसम्म जनताको विश्वास पूर्ण रूपमा जित्न गाह्रो हुने उनले बताए ।

उनले भने, ‘दुई वटा युवाहरू मिलेर राष्ट्रलाई आमूल परिवर्तन गर्छु भन्ने हिसाबले मिल्नु सकारात्मक पक्ष हो । तर मिल्दाखेरि त्यसको वैचारिक आधार के हो ? राष्ट्रलाई कुन हिसाबले अगाडि लाने ? सुख, शान्ति र समृद्धि जनतालाई कसरी दिने ? त्यो उहाँहरूको रोडम्यापसहित क्लियर भएर उहाँहरूले काम गर्नुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारका कुराहरु, दिनानुदिन युथहरू विदेशिरहेका छन् । युवाहरूलाई नेपालमा केही रोजगारी सिर्जना गर्ने, रोडम्याप स्पष्ट हुनुपर्यो ।’

उनले विगतका राजनीतिक दलहरूले जनतासमक्ष योजना प्रस्तुत गरेपनि कार्यान्वयन गर्न नसक्दा अहिलेको गन्जागोल अवस्था सिर्जना भएको टिप्पणी गरे ।

‘पाँच वर्षमा के गर्ने, दस वर्षमा देशलाई कहाँ पुर्याउने भन्ने खाका स्पष्ट हुनुपर्छ,’ सापकोटाले भने । साथै, रवि लामिछानेमाथि लागेका विभिन्न कानुनी प्रश्न र बालेन शाहसँग जोडिएका विवादहरूप्रति पनि जनताले ध्यान दिएको उनको भनाइ छ । ‘कमजोरी लुकाउने होइन, स्वीकार गरेर स्पष्ट एजेन्डासहित जनतामाझ जान सके मात्रै यो सहकार्य राष्ट्रका लागि राम्रो हुन सक्छ,’ उनले भने ।

अर्का नागरिक अशोककुमार विकले अहिलेको राजनीतिलाई सत्तामुखी, पपुलिस्ट र भ्रम सिर्जनामा केन्द्रित भएको आरोप लगाए ।
‘जसरी पनि सत्तामा पुग्ने, शासन गर्ने, देश लुट्ने प्रवृत्तिले जनतालाई निराश बनाएको छ,’ उनले भने । रवि र बालेनको सहकार्य पूराना दलभन्दा केही फरक हुनसक्ने आशा त रहेको तर पूर्ण विश्वास गर्न नसकिने उनले बताए ।

उनका अनुसार नेपाल जातीय संरचनामा आधारित समाज भएकाले उत्पीडित समुदायको मुक्तिका लागि नयाँ शक्तिसँग पनि ठोस योजना देखिएको छैन ।

‘यदि नयाँ शक्ति पनि अपेक्षा अनुसार काम गर्न सकेन भने पुराना दलविरुद्ध जस्तै फेरि जनताले यिनैविरुद्ध आवाज उठाउँछन्,’ विकले भने । उनले रवि र बालेन दुवै पपुलिस्ट नेताका रूपमा परिचित रहेको उल्लेख गर्दै पपुलिज्म सत्तामा पुग्ने प्रभावकारी हतियार भएपनि दीर्घकालीन समाधान नभएको धारणा राखे ।

यसैगरी रतन महर्जनले भने रवि–बालेन गठबन्धनप्रति कडा असन्तुष्टि व्यक्त गरे । संविधानको मर्म विपरीत काम भइरहेको आरोप लगाउँदै उनले बालेन शाहले महानगरपालिकाको पाँच वर्षे कार्यकाल पूरा गर्नुपर्ने बताए ।

उनले भने, ‘अब बालेन र रवि मिल्नु कुन ठूलो कुरा हो र त्यो ? एकजना ठगुवा, एकजना लुकुवा । अब रवि जसले नागरिकता ठगेकै हो क्यारे, पासपोर्टको नि ठगेको हो क्यारे, जेल तोडेकै हो क्यारे । जेल भगाउनमा सम्पूर्ण जिम्मा रविले लिनुपर्छ । १५ हजार कैदीहरू भागेका छन् ।’

कार्यकाल नसक्दै अर्को चुनावतर्फ जानु जनमतको अपमान भएको उनको भनाई छ । यसैगरी यसको विपरीत, तिलकबहादुर थापाले रवि र बालेनको सहकार्यप्रति खुशी व्यक्त गरे । पूराना दलहरूले अपेक्षित काम गर्न नसकेको भन्दै उनले नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने बताए ।

उनले भने, ‘म रविकै पक्षको मान्छे पनि हुँ । पहिला पहिला नेताहरूलाई भोट दिएको हो, नदिएको होइन । एमालेले केही गर्न सकेन, कांग्रेसले पनि केही गरेन । अब दिने भनेकै रविलाई हो । अहिले मिल्नुभएको छ । उहाँहरूले मिलेकोमा खुसी छौं ।’

यसैगरी संगीता तिवारीले बालेनले काठमाडौं महानगरमा राम्रो काम गरेको सुनेको बताउँदै अब राष्ट्रिय स्तरमै पनि काम गरेर देखाउनुपर्ने धारणा राखिन् । ‘कुर्सीमा जानुअघि होइन, पुगेपछि काम गरेर देखाउनुपर्छ,’ उनले भनिन् ।

रवि र बालेनको सम्भावित राजनीतिक सहकार्यले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएपनि नागरिकस्तरमा समर्थन र आशंका दुवै देखिएका छन् ।
समग्रमा, रवि र बालेनको सम्भावित राजनीतिक सहकार्यलाई लिएर सर्वसाधारणबीच उत्साह र आशंका दुवै देखिन्छ ।

पूराना दलहरूको असफलताबाट आजित जनताले नयाँ नेतृत्वबाट केही फरक र प्रभावकारी कामको अपेक्षा गरेका छन् । तर स्पष्ट नीति, समावेशी दृष्टिकोण र कार्यान्वयन क्षमताबिना यो सहकार्य पनि केवल अर्को राजनीतिक प्रयोगमा सीमित हुन सक्ने चिन्ता नागरिकहरूले व्यक्त गरेका छन् ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकारवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टीबालेन्द्र शाह (बालेन)
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...