रवि–बालेन सम्झौतापछि एमाले महासचिव पोखरेलले भने– देशभक्त शक्तिहरू सचेत हुन आवश्यक

Author

सजिलो पत्रिका

२०८२ पुस १३, आइतबार

13
Share
Featured
  • बालेन शाह–रास्वपा सम्झौतापछि एमाले महासचिव शंकर पोखरेलले विध्वंशकारी गतिविधिका योजनाकारहरू क्रमशः सार्वजनिक हुँदै गएको दाबी गरे।
  • भदौ २३–२४ का घटनालाई नेपाललाई अस्थिर बनाउने भूराजनीतिक षड्यन्त्रको पहिलो चरण भने।
  • संविधान, लोकतन्त्र र राष्ट्र जोगाउन देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने आग्रह गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच सम्झौता भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले ‘विध्वंशकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने क्रमशः सार्वजनिक भइरहेको’ बताएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक रहेको बताए ।

फेसबुकमा लेखेका छन्, ‘भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरियो । त्यसको आडमा भदौ २४ गते मुलुकको अस्मिता र सामथ्र्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो । यी विध्वंशकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदैछ ।’

उनी अगाडि लेख्छन्, ‘भदौ २३ र २४ को घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो। अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरू हुँदैछ ।’

उनले राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्ने समेत जनाएका छन् ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ महानगरपालिकाशंकर पोखरेल
बालेन्द्र शाह (बालेन)6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...