युक्रेनको राजधानी किभमा रुसी आक्रमणपछि जेलेन्स्कीको आरोपः ‘पुटिन युद्ध प्रेमी’ मानिस हुन

Author

सजिलो पत्रिका

२०८२ पुस १३, आइतबार

21
Share
Featured
  • रुसले कीभ र आसपासमा भीषण आक्रमण गरेपछि राष्ट्रपति जेलेन्स्कीले पुटिनलाई “युद्ध प्रेमी” भन्दै युक्रेन शान्ति चाहने बताए।
  • जेलेन्स्कीले ट्रम्पसँग भेटेर युद्ध अन्त्यका लागि २० बुँदे शान्ति प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्।
  • आक्रमणमा कम्तीमा २ जनाको मृत्यु भयो र कीभमा जनजीवन तथा विद्युत् आपूर्ति प्रभावित भयो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

युक्रेनको राजधानी कीभ र आसपासका क्षेत्रमा रूसले नयाँ चरणको भीषण आक्रमण गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “युद्ध प्रेमी मानिस” भएको आरोप लगाएका छन् ।

क्यानडाको नोभा स्कोटियास्थित हेलिफ्याक्समा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको साथमा बोल्दै जेलेन्स्कीले युक्रेनले शान्ति चाहेको भए पनि रुस निरन्तर युद्धमै केन्द्रित रहेको बताए । उनले भने, “हामी शान्ति चाहन्छौं, तर पुटिन युद्ध प्रेमी मानिस हुन् ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पसँग आइतबार फ्लोरिडामा हुने भेटअघि जेलेन्स्की क्यानडामै रहेका छन् । उनले ट्रम्पसमक्ष करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गर्न लक्षित २० बुँदे शान्ति प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् । यसअघि ट्रम्पले कुनै पनि शान्ति प्रस्ताव आफ्नो “स्वीकृति” बिना सम्भव नहुने बताएका थिए ।

क्यानडामा रहँदा जेलेन्स्कीले प्रधानमन्त्री कार्नीसँगै नाटो र युरोपेली संघका नेताहरूसँग पनि छलफल गरे । उनले युद्ध अन्त्यका लागि युद्धभूमि र कूटनीतिक दुवै मोर्चामा कडा अडान आवश्यक रहेको बताएका छन् ।

भेटपछाडि सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्कीले भने, “पुटिनले वास्तविक र न्यायपूर्ण शान्तिलाई छल्न नपाओस् भन्नका लागि मोर्चा र कूटनीति दुवैमा बलियो स्थिति आवश्यक छ । विश्वसँग शान्ति र सुरक्षाको ग्यारेन्टी गर्न पर्याप्त शक्ति छ ।”

उनका यी अभिव्यक्ति रुसले कीभ र आसपासका क्षेत्रमा ठूलो हवाई आक्रमण गरेको केही घण्टापछि आएका हुन । उक्त आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको जनाइएको छ ।

जेलेन्स्कीका अनुसार रुसले करिब ५०० ड्रोन र ४० भन्दा बढी मिसाइल प्रहार गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमण १० घण्टाभन्दा बढी समयसम्म चलेको थियो, जसका कारण कीभमा जनजीवन प्रभावित भएको र केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।

जेलेन्स्कीले आज फ्लोरिडास्थित मार–ए–लागो मा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्ने कार्यक्रम रहेको छ । भेटमा शान्ति योजना र युक्रेनका लागि सम्भावित अमेरिकी सुरक्षा प्रत्याभूतिको विषयमा छलफल हुने बताइएको छ ।

यो समाचारमा

भ्लादिमिर पुटिनभोलोदिमिर जेलेन्स्कीक्यानडायुक्रेन
डोनाल्ड जोन ट्रम्प6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...