रवि-बालेन एकतालाई शंकर पोखरेलले भने 'विध्वंशकारीको गठजोड'

Author

सजिलो पत्रिका

२०८२ पुस १३, आइतबार

25
Share
Featured
  • एमाले महासचिव शंकर पोखरेलले बालेन–रास्वपा एकताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
  • उनले ‘जेनजी’ आन्दोलनका क्रममा भएका विध्वंशका योजनाकार/सञ्चालकहरू क्रमशः सार्वजनिक हुँदै गएको दाबी गरे।
  • भूराजनीतिक षड्यन्त्रको दोस्रो चरण सुरु भएको भन्दै संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट र सचेत हुनुपर्नेमा जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको एकताप्रति गम्भीर टिप्पणी गरेका छन् । उनले 'जेनजी' आन्दोलनका क्रममा भएका विध्वंशकारी गतिविधिका योजनाकार र सञ्चालकहरू क्रमशः सार्वजनिक हुँदै गएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, "भदौ २३ र २४ गतेका विध्वंशकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदैछ ।"

उनले उक्त घटनालाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने भूराजनीतिक षड्यन्त्रको पहिलो चरणको संज्ञा दिँदै अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी सुरु भएको दाबी गरेका छन् ।

यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुनुपर्नेमा पोखरेलले जोड दिएका छन् । उनले राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए ।


यो समाचारमा

काठमाडौँ महानगरपालिकानेपाल कम्युनिष्ट पार्टी (एमाले)राष्ट्रिय स्वतन्त्र पार्टीबालेन्द्र शाह (बालेन)
शंकर पोखरेल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...