काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल

Author

सजिलो पत्रिका

२०८२ पुस १२, शनिबार

16
Share
Featured

काठमाडौँ

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता हुने भएको छ । भेट हुनु अघि बालेनले कुलमान घिसिङसँग छलफल गर्ने तयारी गरेका छन्। भेटको स्थान गोप्य राखिएको छ ।

आजको भेटमा एकता सहमतिमा हस्ताक्षर हुने अपेक्षा गरिएको थियो, तर रास्वपाको अडान अनुसार सहमति अघि घिसिङसँग छलफल गर्नु पर्ने भएको छ।

हिजो दोस्रो तहका प्रतिनिधिले सहमतिको खाका तयार पारेका थिए। त्यसमा बालेन, कुलमान र जेनजी का लागि प्रतिनिधित्व निश्चित गरिएको छ। सहमतिमा रास्वपाले निर्वाचन चिह्न ‘घण्टी’ प्रयोग गर्ने निर्णय अघि बढाउने तयारी गरेको छ।

बालेन पक्षका अनुसार शनिबार वान–टु–वान बैठकपछि रास्वपासँग मिलेर जाने कि एक्लै जाने निर्णय टुङ्गो लाग्नेछ।

यो समाचारमा

रवि लामिछानेकाठमाडौँबालेन्द्र शाह (बालेन)कुलमान घिसिङ
राष्ट्रिय स्वतन्त्र पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...